ताप्लेजुङमा पहिरो जाँदा एकै परिवारका ७ को मृत्यु, ४ बेपत्ता

२३ जेष्ठ २०७०, बिहीबार ०९:१८ मा प्रकाशित

काठमाडौं, २३ जेठ । ताप्लेजुङको थुकिमामा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । अविरल बर्षापछि आज बिहान (राती करिब १ बजे) थुकिमा–५ को सिङथापा भन्ने ठॉउबाट गएको पहिरोले अष्टबहादुर शिवाको घर उनको छोरा सलमान र तेजबहादुको घर बगाएको हो । पहिरोले बगाउँदा अष्टबहादुर, उनकी ६० वर्षीइ श्रीमती, जेठा छोरा सलमान (३१), बुहारी मनुकारी (३५), नाती नानीराम (१४) र खगेन्द्र (१२ं) र नैना शिवाको शव भेटिएको स्थानीयबासी त्रिभुवन उमाविका शिक्षक अम्बिका राजभण्डारीले हिमालखबरलाई जानकारी दिए । घटनास्थल ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि सात घण्टाको पैदल दुरीमा छ ।
त्यस्तै अष्टबहादुरका छोरा तेजबहादुर (२५), काजी शिवा (१०), आशिश (६) र आशिका (४) बेपत्ता भएका छन् । सोही पहिरोमा परेर थुकिमा ६ का कुविरसिह सावाका श्रीमति सुकमाया सॉवा सहित तीन जना घाईते भएका छन । घाईते मध्ये सुकमायाको अवस्था गंभिर छ ।
बेपत्ताहरुको खोजी स्थानीयबासी प्रहरीले गरी रहेको छन भने सदरमुकाम फुङलिङबाट थप उद्धार तथा खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी घटना स्थलतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव