राम थापा र शेष घले एनआरएन अध्यक्षका दावेदार , भिम उदाश र क्याप्टेन गुरुङ दाउ हेर्दै

२३ जेष्ठ २०७०, बिहीबार ०३:०९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, अमेरिका, २३ जेठ । गैरआवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापा र अष्ट्रेलियाका धनाढ्यहरुको सुचिमा रहेका शेष घलेले संघको आगामी अक्टोबरमा हुने छैठौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । अष्ट्रेलियाका गैरआवासी नेपाली संघका पदाधिकारीहरुसंगको अन्तरक्रिया पछि घलेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । यद्यपि धनाढ्य नेपालीको रुपमा परिचित शेष घलेको गैरआवासी नेपाली संघमा कुनै योगदान र सहभागिता रहेको छैन । घलेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरे पछि अष्ट्रेलिया, युरोप,अमेरिकालगायतका क्षेत्रबाट फरक फरक प्रतिक्रिया सार्वजनिक भएका छन् । उम्मेदवारी घोषणा संगै एनआरएनको जुन २३ मा स्विजल्याण्डको ज्युरिचमा हुने युरोप बैठकमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका घलेले एनआरएन अभियानले उठाएका मुद्दाहरु कार्यान्वयन गर्न सक्ने योजना आफूसँग भएको दावी गरेका छन् । एनआरएनको सामुहिक लगानी सम्बन्धि टास्कफोर्सका उप संयोजक रहेका घले केही वर्ष देखि संघका गतिविधिहरुमा सक्रिय रहदै आए पनि प्रवाशी नेपालीको हितमा उनको योगदान न्यून रहेको छ । गत वर्ष सिड्नीमा सम्पन्न एनआरएनको क्षेत्रीय सम्मेलनमा उनि क्रियाशील देखिएका थिए। घलेसँगै संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले यस अघि मुख्य संरक्षक देव मान हिराचन र हालका अध्यक्ष जीवा लामिछानेलाई सहमति सहित छोडेका कारण यस पटक रामप्रताप थापालाई सर्वसम्मत अध्यक्ष चयन गरिनु पर्ने प्रावाशी नेपालीहरुको भनाइ रहेको छ । स्मरण रहोस संघका अर्का संस्थापक भिम उदाशले पनि यस अघि अध्यक्ष पदमा दावी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु