भावनाका बाढिहरु उर्लिरहेका छन,
मन र मष्तिष्क दुबै थाकेका छन,
सयौ प्रश्नहरु सल्बलाइरहेका छन,
सबै उत्तरहरु अल्मलमा परेकाछन ।
सोचाइमा खोट देखिएरै त होला ?
कृयाकलाप हरुले गिज्याइरहेका छन
कर्तव्य पथ मा चुकेर नै त होला ?
जिम्मेबारिहरुले ननिको मानेका छन
अन्तरदिलमा चोट परेर नै त होला ?
बोल्न पनि झन झन गाह्रो मानेकाछन ।
आफ्नै स्वार्थ मात्र हेरिएछ कि क्याहो ?
सबै जनाले साथ छोड्दै गएका छन ।
बेइमान्दार पो बनिएछ जस्तो लाग्यो ?
अन्तरात्माले पनि खल्लो मानेका छन ।
गुलाम पो भैसकिएछ कि क्या हो ?
स्वाभिमानले धिक्कार्न थालेकाछन ।
असत्यलाई अँगालेर नै त होला ?
सच्चाइहरु कुनापसेर रोएका छन ।
अन्यायको पक्षमा बोलिएछ कि क्या हो ?
न्यायका मन्दिरहरु भत्कन थालेका छन ।
झूठो बाचा गरिएछ र त होला ?
सबैले औंला ठड्याउन थालेकाछन् ।
बोलाई र गराइ नमिलेर त होला ?
आफन्तहरु अन्तै फर्कन थालेकाछन् ।
अत्याचार मात्रै गरिएछ कि क्याहो ?
सदाचारहरु पिल्सिन थालेका छन् ।
विश्वाशघात् गरिएछ र त होला ?
सबै मित्रहरु टेडिन थालेका छन् ।
धोका मात्रै दिइएछ कि क्या हो ?
मायालुहरु रोएर बसेका छन् ।
चाहनाहरु रित्तिएर त होला ?
शून्यतामा हराउन थालेका छन् ।
आशाहरु सिद्धिएर नै त होला ?
निराशाले मात्र घेरिरहेका छन् ।
निर्बस्त्र हिडिएछ कि क्या हो ?
वास्तविकताहरु उदाँगीएका छन् ।
—– कोमल भट्ट ,न्यूयोर्क ।
चैत्र २३, २०६८
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले