संविधानसभामा एक सय मात्र सदस्य बनाउन बिजुक्छेको सुझाव

२२ जेष्ठ २०७०, बुधबार २०:१३ मा प्रकाशित

रासस, भक्तपुर, २२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बाह्य शक्तिका कारण सरकारले चुनावको मिति घोषणा गर्न नसकेको आरोप लगाउनुभएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आज आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले विदेशी शक्तिले तत्काल चुनावको मिति घोषणा गर्न अवरोध पु¥याएकाले चार दल र सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेको दाबी गर्नुभयो ।
बिजुक्छेले भन्नुभयो—“जब ती बाह्य शक्तिका लागि समय अनुकूल हुन्छ, तबमात्र उसकै इसारामा चार दलीय सहमतिको नाटक गरेर सरकारले निर्वाचनको मिति घोषणा गर्छ ।”
समानुपातिकतर्फ एक प्रतिशत मत ल्याउनुपर्ने गरी ‘थ्रेसहोल्ड’ लागू भए संविधानसभाको निर्वाचन सम्भव नुहने भन्दै उहाँले भन्नुभयो,‘‘थ्रेसहोल्ड लागू भए सीमित दलहरू मात्र संविधानसभामा आउँने र अर्को निर्वाचनमा ती दलहरू पनि समाप्त हुन्छन ।’’
दलहरूले अहिले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई हटाएर आफैँ सत्तामा जाने षडयन्त्र गरेको आरोप लगाउँदै बिजुक्छेले भन्नुभयो—“विगतमा पनि एमाओवादीकै कारणले संविधान बन्न सकेन, विदेशीको इसारामा नाच्ने यिनै दलहरूका कारण अब निर्वाचन पनि बिथोलिन सक्छ ।”
आगामी निर्वाचनमा संविधानसभाको सदस्य सङ्ख्या एकसय भन्दा बढी बनाउन नहुने उल्लेख गर्दै उहाँले धेरै सदस्यले काम नहुने तर देशको बजेट मात्र सकिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै