दैलेखमा बस दुर्घटना, ६ को मृत्यु, ४० घाइते

२२ जेष्ठ २०७०, बुधबार २०:०७ मा प्रकाशित

काठमाडौं, २२ जेठ । दैलेखबाट सुर्खेत जाँदै गरेको बस दैलेखको सियाला भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाईते भएका छन्जसमध्ये आधाजसो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा दैलेखको सिंगौडी गाविस ९ का ३४ वर्षीय तर्कबहादुर कार्की, ४५ वर्षीय हर्कबहादुर विक, ५५ वर्षीय भोगे कामी र अछाम पुलेतोला गाविस ५ का ६ महिने बालक क्षितिज रावल, अछाम रानीवन १ की ३९ वर्षीय देउकला विष्ट र काशी विष्ट छन् । कालिकोटबाट छुटेको मध्यपश्चिम यातायात ना. ३ ख ४७३८ नम्बरको बस सियाला खोलामा दुर्घटना भएको हो । ब्रेक हान्दा चिप्लिएर दुघर्टना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४