दुव्र्यसनीलाई वैकल्पिक उपचार सेवा

२२ जेष्ठ २०७०, बुधबार ०६:५९ मा प्रकाशित

रुपन्देही, २२ जेठ । लागूपदार्थका दुव्र्यसनीहरुलाई पुनस्र्थापना केन्द्रमा राख्नुको विकल्पमा मेथाडोन उपचार पद्दती संचालन गरिएको छ । बुटवलस्थित लुम्विनी अंचल अस्पतालले स्वास्थ्य मन्त्रालय र अन्य विभिन्न दातृ निकायको सहयोगमा मंगलवारदेखि उक्त उपचार पद्दती लुम्विनी अंचलमा पहिलोपटक संचालन गरिएको हो । यो पद्दती चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने निशुल्क उपचार सेवा भएको अस्पतालका मेसु डाक्टर रामशंकर ठाकुरले बताए । यो उपचारले दुव्र्यसनीलाई लागू पदार्थले जत्तिकै आनन्द दिने र क्रमश: बानी सुधार्ने विशेषता भएको ठाकुरको भनाई छ । शुरुमा तीन जनालाई सेवा दिएको पनि उनले बताए । यो उपचारले दुव्र्यसनीको आयु लम्वाउने र सहज जिवनयापनका लागि मद्दत गर्ने पनि बताइएको छ ।
यसैबीच प्रहरी प्रधान कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय बुटवलले नागरिकसँग हातेमालो कार्यक्रम संचालन गरेको छ । बुटवल नगरपालिकाका पन्ध्रवटा वडा र वरिपरिका १६ गाविसमा संचालित उक्त कार्यक्रम अन्तर्गत टोलटोलमा पुगेर प्रहरीले सुरक्षा सम्वन्धि जनगुनासा र समस्याहरु सुन्ने र समाधान गर्ने काम गरिने डिएसपी राजकुमार वैदवारले बताए । समाजमा विकृति घटाउने र सुरक्षाको अनुभूति गराउने उद्देश्यले आयोजित एक महिने उक्त कार्यक्रम अविधिमा टोल सुधार समिति गठन लगायत ५० वटा विभिन्न कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच