‘जेजे हुनु छ हुन्छ यहाँ पर्दा पछाडि नै’

२२ जेष्ठ २०७०, बुधबार ०२:१४ मा प्रकाशित

काठमाडौं । पर्दामा छाएर सेलिब्रटी बन्नु धेरैको सपना हुन्छ । अनि त्यही सपना पछ्याउँदै कतिपय पर्दामा झुल्किन सफल हुन्छन् कतिपयले बीचैमा सपना त्यागिदिन्छन् । पर्दामा देखिन सफल कलाकारहरुले समेत सबैलाई रिझाएका हुँदैनन् । थुप्रै सम्झौतमा बाँधिएका हुन्छन् ।

सिनेमा निर्देशक र कलाकारबीच बढेका विवादले यस्तै देखाउँछ । यसको पछिल्लो पात्र हुन्, नायिका सुमिना घिमिरे । तीव्र यौन चाहना भएकी महिलाको भूमिकामा देखिन लागेकी नायिका घिमिरे र निर्देशक शंकर आचार्यबीच द्धन्द्ध बढेको छ ।

घिमिरेले ढाँटेर चलचित्रको प्रचारमा साथ नदिएको भन्दै आचार्यले पत्रकार सम्मेलन गरी विवाद छताछुल्ल पारिदिए । यद्यपि सुमिनाले भने आफू नयाँ सिनेमाका लागि काम गर्नुपर्ने हुँदा प्रचारमा जान नपाएको खबर निर्देकलाई गराएको दाबी गर्छिन् ।

निर्देशक र नायिकाबीच अधिकांश विवादको विषय भने यौन सिनका लागि भएको देखिन्छ । पछिल्लो एक वर्षमा मात्रै आधा दर्जन नायिकाहरुले निर्देशकले चाहेको उत्तेजक सिन दिन नमान्दा आफूहरु फिल्मबाट बाहिरिदुनपरेको दाबी गरेका छन् । नायिकाहरु सुष्मिता शाही, सुष्मा कार्की, शाभिता खड्काको निर्देशकसँग यस्तै विषयमा विवाद परेको थियो ।

निर्देशकले चाहेजस्तो उत्तेजक सिन दिन तयार नभएपछि नव नायिका सुष्मिता शाही ‘बनाना’ फिल्मबाट फालिएकी थिइन् । अहिलेको जमानामा ‘एक्सपोज’ नभए फिल्म चल्न गार्‍हो हुने हुँदा आफूले त्यस्तो प्रस्ताव गरेको निर्देशक कमलकृष्णले बताएका थिए ।

आइटम नायिका सुष्मा कार्कीको पनि निर्देशकहरुसँगको सम्बन्ध मधुर रहँदैन । निर्देशक सुदर्शन थापासँगको प्रेम सम्बन्ध टुंगिएपछि उनीहरुबीच नायिका र निर्देशकबीचको सम्बन्ध समेत सधैंका लागि चुँडियो । त्यस्तै एक वर्षअघि ‘वार’ का निर्देशक मुकुन्द भट्टसँग विवाद भएपछि सुष्मा फिल्मबाटै आउट भइन् । सुष्माले निर्देशकले जबरजस्ती भल्गर सिन दिन भनेपछि फिल्म छोडेको बताएकी थिइन् भने भट्टले सुष्माले छायांकन स्थलमै ब्वाइप|mेन्डसँग अमर्यादित क्रियाकलाप गरेकोले निकालेको दाबी गरेका थिए ।

अर्की नायिका शोभिता सिम्खडा र निर्देशक बीबी फुयालबीच ‘लास्ट किस’ सिनेमामा सिनकै कारण विवाद बढेको थियो । स्विमिङ पुलमा किस सिन दिन लगाएपछि उनीहरुबीच विवाद झांगिएको थियो ।

त्यस्तै निर्देशक सुरज सुब्बाले नायिका हषिर्का श्रेष्ठलाई ‘मेरो भ्यालेन्टाइन’बाट अचानक हटाएपछि उनीहरुबीच हालसम्म बोलचाल छैन । त्यस्तै नायिका अनु शाह र ‘नागरिक’ निर्देशक विमल पौडेलबीच पनि लफडा भएको थियो । सहमतिभन्दा बढी सिन र समय लिएको, पारिश्रमिक नदिएको आरोप अनुको थियो भने निर्देशकले नायिका अनुले गैरजिम्मेवार काम गरेको दाबी गरेको थियो ।

पर्दामा दुरुस्त देखिने कलाकारहरु पर्दापछाडिको खेलमा भने उत्तिकै पीडित हुने गरेका छन् । महिला कलाकारमात्रै होयन नायकहरु पनि निर्देशकहरुसँग विवादमा आउँछन् । यद्यपिा नायिकाको तुलनामा यस्तो विवादमा पर्ने नायकहरुको संख्या भने सानो छ । नायक सौगात मल्ललाई ‘मेघा’बाट निकालिएको थियो । सौगातको समय नमिलेकोले निकालिएको बताइएपनि रेमनदास श्रेष्ठलाई ल्याउन त्यसो गरिएको थियो ।
(FILMNEPAL)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई