डि.सी. पोटोम्याकमा नेपाली भेला सम्पन्न

२२ जेष्ठ २०७०, बुधबार ०२:०९ मा प्रकाशित

पोटोम्याक, अमेरिका । वाशिङटन डि.सी. स्थित पोटोम्याक पार्कमा आइतबार एक छुट्टै किसिमको पिकनिक भेला सम्पन्न भयो । नेपालको अशिक्षा, गरीवी तथा गलत संस्कारहरुको विरुद्धमा लड्दै असल समाजको निर्माणमा सहयोग पु¥याउन प्रसाई ट्रष्ट अमेरिकाले सो भेलाको आयोजना गरेको थियो । सो अवसरमा नेपालबाट अमेरिका आएर बसोबास गरिरहेका प्रसाईहरु, प्रसाईका आफन्त, नातेदारहरु र नेपालको विकासमा चासो राख्ने अन्य नेपालीहरुको उपस्थिति थियो ।

भेलामा बच्चाहरुले अप्रतियोगी भलिवल खेल र डोरी तानातान खेलमा सहभागिता जनाएका थिए भने बयस्कहरुले पनि डोरी तानातान र कबड्डी खेल खेलेका थिए । सो अवसरमा ट्रष्टका अध्यक्ष शिवराम प्रसाईले आफन्तहरुको एकताले डायस्पोरामा आर्थिक, सामाजिक तथा पेशागत विकासमा सहयोग पुग्नुको साथै नेपाल र नेपालीवीच सांस्कृतिक एकता कायम राख्नमा समेत महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नु भयो ।

ट्रष्टका सचिव अमर प्रसाईले संस्थाले संचालन गर्न लागेका अमेरिकी नेपाली समुदाय र नेपालका पिछडिएका समुदायलाई सहयोग पु¥याउने खालका कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा सानै उमेरमा पुस्तक प्रकाशन गर्ने बालक अनमोल सिटौला, नेपाल अमेरिका ब्युटी पिजेण्ट विजेता सुजिता बस्नेत, नायिका अनुपमा प्रसाई, प्रतिष्ठा प्रसाई, डा. मदन उप्रेती लगायतका प्रतिभाहरुको प्रसंशा गरिएको सो भेलामा संस्थाका सल्लाहकार विश्वबन्धु प्रसाई, गुणराज लुइटेल, अशोक ओली, डा. मदन उप्रेती, गरीमा प्रसाई, सावित्री सिंह कार्की एवं देवी सापकोटाले यस्ता कार्यक्रमहरुले आपसमा एकताको विकास हुने विचार ब्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रमको सफलताको लागि इजरायलका लागि नेपाली राजदूत प्रल्हाद प्रसाई लगायत नेपाल र अमेरिका स्थित विभिन्न संघ संस्था र व्यक्तिहरुबाट शुभकामना प्राप्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा