ब्रुनाई साकेला (उभौली) भव्यरुपमा सम्पन्न

२२ जेष्ठ २०७०, बुधबार ०२:०७ मा प्रकाशित

रोशन मेवाहाङ्ग, ब्रुनाई । किरात राई यायोक्खा महासघं ब्रुनाईको आयोजनामा गत १ जुन २०१३ न्यु क्वार्टर बन्दार सेरी बेगवान ब्रुनाईको राजधानी नजिकैको गाउँमा साकेला उभौली (येलेदङ्ग ५०७३) भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको उदघोषण बिदुर राज मुकारुङ्गले गर्नु भएको थियो । कार्यक्रम साकेला महासघं ब्रुनाईका अध्यक्ष समाजसेवी सिनियर क्या. रघुविर राईको प्रमुख आतिथ्यतामा शनिबार भब्यरुपमा सम्पन्नभएको हो । सोम थुलुङ्ग तथा गायक किशन राई र समाजसेबी क्या. बद्री राईलाई कार्यक्रमको नाक्छोङ (किराँती धामी) बिदुरराज मुकारुङ्गले सेतो फेटा टाउकोमा लगाई दिएर उक्तकार्यक्रमको माझमा सम्मान गर्नुभएको थियो । साकेलानाच राजधानी काठमाण्डौ लगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर झापा,मोरङ कानेपोखरी,सुनसरी, भोजपुर र खोटाङमा बढी मात्रामा प्रचतिल र लोकप्रिय रहेको छ । साथै नेपालबाहिर किराँती बस्तीहरु भएका देशहरु सीक्किम,अमेरिका,बेलायत, हङ्गकङ्ग,जापान,कोरिया मलेशिया, कतार र ब्रुनाईमा समेत अहिले भव्यरुपमा मनाउने गरिन्छ ।

उक्तकार्यक्रममा भोजपुर निवासी जितेन्द्र बान्तावा राई यसो भन्नुहुन्छ किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो देवतालाई चढाउने र खानकालागि अनुमति माग्ने साथै पितृलाई स्मरण दिलाउने यो पर्ब अति नै महत्वपुर्ण ठहर गर्छन । बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कलगदै साकेलानाच नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (चमर ) जनावरहरुको नक्कल गर्न प्रयोग गरिन्छ, भनेर नाचमा सहभागी दोश्रो गोर्खा पल्टनका सार्जन्ट जितेन्द्र राई ज्यू बताउनुहुन्छ, । साथै नाचमा सहभागी पुरुषहरुको पोशक, खाडीको दौरा सुरुवाल,कोट, ढाका टोपी, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी,मखमल वा ढाकाको चोला,े सेतो पटुकी लगाउने चलन छ । गरगहनामा ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला समेत लगाउने गर्दछन ।
उभौली र उधौलीको नामले बर्षमा दुई पटक किराँत समुदयले यो पर्ब मनाईने गरिन्छ । कुखुराको भाले , पोथी र सुगुर आदि जनावरको बलिदिने चलन छ । बाली लगाउने बेलामा भने उभौली पर्ब मनाउने प्रचलन छ ।

साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंङसिर पूर्णिमाको पुर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ । किरातहरुको मुन्धुमअनुसार १ बर्षलाई दुई भागमा लिईन्छ, (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले साकेला भन्ने चलन छ । उधौली चाडमा नाक्छोङ्ग ( किराती धामी) ले सेउलीको थानमा सुम्निमा – पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टाको पुजा गरि थानवरिपरी नाच्न सुरु गर्छन ।

कार्यक्रमको बिचमा भु पु क्या. डम्बर राई, क्या. बद्री राई, क्या. राम राई ज्युल ज्यु ले प्रवाशमा रहे पनि आफ्नो पन, संस्कृती र चाँडपर्वलाई मनाउदै हाम्रा भावि सन्ततिहरुलाई सिकाउदै लैजानु पर्छ भनेर आफ्ना मन्तब्य राख्नु भएको थियो।
उक्त कार्यक्रमको अन्त्यमा मेजर सोम थुलुङले कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभएको थियो भने यस कार्यक्रमलाई बिदुर राज मुकारुङ्गले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी