एमाओवादीका कारण संविधान नबनेको बिष्टको आरोप

२२ जेष्ठ २०७०, बुधबार ०६:४७ मा प्रकाशित

रुपन्देही, २२ जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्व उर्जामन्त्री गोकर्णराज विष्टले एकीकृत नेकृत नेकपा माओवादीको अकर्मन्यताका कारण संविधानसभाको अवसान भएको आरोप लगाएका छन् । जातिय पहिचानसहितको संघियताको उसले अडान नछाडेकाले संविधानसभाको अवसान भएको उनको भनाई थियो । चुनावी अभियानको क्रममा गुल्मी घमिर गाउँ कमिटिको नवौं गाउँ अधिबेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
आफ्नो पार्टीले अवको संविधान सभाबाट वहुपहिचान सहितको सामाजिक सदभाव कायम राख्ने संविधान निर्माण गर्न चुनावी अभियानमा लागेको दावी गरे । क्षेत्र नम्वर ३ का पुर्व सांसद समेत रहेका नेता विष्ट त्यस क्षेत्रको गाउँ र वडा तहसम्म कमिटी गठन, पुनरगठन संगै चुनावी अभियानमा जुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा