प्रचण्डको ‘निगाह’ माडीवासीद्वारा अस्वीकार

२१ जेष्ठ २०७०, मंगलवार २२:०१ मा प्रकाशित

काठमाडौं, २१ जेठ । २०६१ साल जेठ २३ गते माअ‍ेवादीले थापेको विद्युतीय धरापमा परेर चितवन माडीमा ३८ जना निर्दोष नेपालीको ज्यान गएको थियो । उक्त दर्दनाक घटना ‘बाँदरमुढे घटना’का रुपमा चर्चित छ । त्यसयता माडीवासी माओवादीका सुप्रिमो प्रचण्डप्रति रुष्ट र निराश रहँदै आएका छन् । यसरी आफूप्रति उदास रहेका माडीवासीका लागि प्रचण्डले दबावपूर्वक शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट ६० लाख रुपैयाँ उपलब्ध गराएका थिए । तर, स्वविवेकले खर्च गर्न पाउने गरी प्रचण्डको ‘निगाह’बाट प्राप्त हुन लागेको उक्त रकम माडीवासीले अस्वीकार गरेका छन् ।
प्रचण्डले न्यायलाई छल्न पैसाको प्रपञ्च रचेका भन्दै सो रकम नलिने निर्णय गरिएको बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए। स्मरण रहोस्, वितेका वर्षझैँ यस वर्ष पनि बाँदरमुढे घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमुढे घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ। आगामी २३ गते बिहिबार नवौँ वार्षिक शोकसभा गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४