राजदूत बोडी र अध्यक्ष खनालबीच भेटवार्ता

२१ जेष्ठ २०७०, मंगलवार १९:०४ मा प्रकाशित

काठमाडौं, २१ जेठ । नेपालका लागि अमेरिकी राजदूत पिटर डी बोडी र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको छ । एमाले कार्यालय बल्खुमा भएको भेटमा भेटमा राजदूत बोडीले संविधानसभाको निर्वाचन, नेपालको वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा चासो राखेका एमाले स्रोतले बतायो । राजदूत बोडीले सम्पूर्ण राजनीतिक दल सहमतिपूर्वक निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्दै नेपालको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अमेरिका नेपाललाई सघाउन तयार रहेको जानकारी दिएका थिए । उनले न्यूनतम मत प्रतिशतको सीमा लगायतका विषय विश्वका अन्य मुलुकमा रहेको भए पनि नेपालीको निर्णय नेपालका जनता र राजनीतिक पार्टीले नै गर्ने बताए भने अध्यक्ष खनालले दलहरुबीच संवादको क्रम जारी रहेको र केही दिनभित्रै सहमति हुने विश्वास व्यक्त गरे । कतिपय राजनीतिक दलको असन्तुष्टिका बावजुद मुलुक दोस्रो संविधानसभाको निर्वाचनतर्फ उन्मुख भएको र आगामी मङ्सिरभित्र संविधानसभाको निर्वाचन गर्न वर्तमान सरकार, निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरु तयार रहेको पनि खनालले बताएका थिए। यसैबीच नेपालका लागि रुसका राजदूत सेरगेइ भिलिकेनले पनि मंगलबार नै एमाले अध्यक्ष खनालसँग भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम