बबन सिंह फोरम नेपालमा

२१ जेष्ठ २०७०, मंगलवार १८:४२ मा प्रकाशित

काठमाडौं, २१ जेठ । चुनावको टुंगो नलागे पनि नेता कार्यकर्ताहरु एक पार्टीबाट अर्कोमा जानृे आउने उपक्रमले भने तीव्रता लिएको छ । यसै क्रममा पूर्व सभासद बबन सिंह र महेश यादव मधेशी जनाधिकार फोरम नेपालमा प्रवेश गरेका छन् । रौतहटबाट स्वतन्त्र सभासद रहेका सिंह र सप्तरीबाट सदभावना पार्टीका सभासद रहेका यादवलगायत अन्य २१ जना उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपालमा प्रवेश गरेका हुन् । यादव पछिल्लो समयमा सदभावना पार्टी फुटेर बनेको अनिल झा नेतृत्वको संघीय सदभावना पार्टीमा थिए ।
यस्तै सर्लाहीका पूर्वसांसद रामचन्द्र राय, फोरम गणतान्त्रिक पर्साका गयासुद्दिन मियाँलगायत पनि फोरम नेपालमा प्रवेश गरेका छन् । राय राप्रपा, तमलोपा हुँदै फोरम नेपाल प्रवेश गरेका छन् । मंगलबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच