जेलबाट भागे कैदीका नाइके

२१ जेष्ठ २०७०, मंगलवार १८:२७ मा प्रकाशित

रासस, नेपालगन्ज, २१ जेठ । बाँके जिल्ला कारागारबाट सोमबार साँझ कैदीका नाइके सराउ नाउ फरार भएका छन् । कर्तव्यज्यान मुद्दामा १० वर्षदेखि सजाय भोगिरहेका नाउको पछिल्लो आचरण राम्रो देखिएपछि कारागार प्रशासनले उनलाई कैदीको नाइके बनाएको थियो । नाइके बनाएपछि उनले पाउने सुविधाअनुसार, कारागार क्षेत्रको बाहिर र भित्र सहज हिँडडुल गर्न पाउने सुविधाको दुरुपयोग गरी उनी फरार भएको जनाइएको छ ।
बताइएअनुसार कारागार प्रशासनले पनि उनको निगरानीलाई सामान्य रुपमा लिँदा उनी फरार हुने अवस्था सहज बनेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले फरार कैदी नाइकेको खोजीका लागि सबै सीमा नाकामा प्रहरी सक्रियता बढाइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच