सबिर बनाउँदैछन् ‘रेड वाईन’

२५ चैत्र २०६८, शनिबार ०१:३२ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । पछिल्लो समय नेपाली फिल्मले एउटा नयाँ धारको शुरूवात गरेको छ । फर्मुला श्रेणीका फिल्मलाई ओझेल पार्दै अहिलेको जेनेरेशनलाई स्वाद चखाउन मेकरहरू नयाँ नयाँ टेस्टका फिल्म दिन थालेका छन् । यहि क्रमलाई काईट्स इन्टरटेन्मेन्टले आत्मसाथ गरेको छ ।

केहि दिन अगाडी मात्र स्थापना गरिएको व्यानर काईट्स इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको नाम ‘रेड वाईन’ राखिएको छ । मायाको नशाले मानिसलाई कुन मोड र परिस्थितीमा पुर्‍याउँछ भन्ने मुख्य थिममा आधारित रहेर निर्माण गर्न लागिएको उक्त फिल्मका निर्माताको नाम गोप्य राखिएको छ । सस्पेन्स थ्रील फिल्म ‘रेड वाईन’ लाई कस्ले चोर्यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले गर्नेछन् । यहि फिल्म कस्ले चोर्यो मेरो मनबाट सबिरले दुई छुट्टाछुट्टै फिल्म अवार्डबाट उत्कृष्ट निर्देशकको अवार्ड जितीसकेका छन् ।

तीन लभस्टोरी फिल्म निर्देशन गरेका सबिरले यस पटक केहि फरक स्वाद चखाउने बताए । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, ‘अब बन्ने मेरो फिल्म अलि फरक प्रस्तुतीको रहनेछ । अहिलेको दर्शकको दिमागसँग खेलेर नयाँ टेस्टको फिल्म बनाउन लागेको हुँ ।’ फिल्मको कथा सबिर स्वयंले लेखेका छन् । समयको बदलिंदो परिवेशलाई आधार मान्दै निर्माण गर्न लागिएको ‘रेड वाईन’ का कास्टहरू पनि खुलाईएको छैन ।

तीन वटा गीत समावेश गरिने सो फिल्ममा दिनेश सुनामको संगीत रहने छ । फिल्मका गीत किरण खरेल र प्रमोद ढुंगानाले लेखेका छन् । सुटिङ सेडुल फाईनल नगरिएको फिल्मको अहिले स्क्रिप्ट र म्युजिकको काम भईरहेको छ । कास्टहरू चयन भए लगत्तै निर्माताको नाम पनि खुलाईने छ ।(फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले