पहिरोमा परि अमेरिकी पर्यटकको निधन

२१ जेष्ठ २०७०, मंगलवार ०७:४४ मा प्रकाशित

काठमाडौं, २१ जेठ । पदयात्राका क्रममा अचानक आएको पहिरोमा परि एक अमेरिकी पर्यटकको मृत्यु भएको छ । सङ्खुवासभा जिल्लाको हटिया–५ सिम्बुङमा पैदलयात्राका क्रममा ५४ बर्षीया अमेरिकन महिला पर्यटक एलिजा बेथको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि सख्त घाइते भएपछि उपचारका लागि काठमाडौ ल्याउँदै गर्दा बेथको बाटोमै मृत्यु भएको हो । सोही पहिरोमा परी पर्यटक गाईड देविप्रसाद ओझा घाइते भएका छन् । 
१७ जनाको अमेरिकन बिद्यार्थी अवलोकन भ्रमणका लागि सङ्खुवासभा गएको बेला सो घटना घटेको बताइएको छ । हटिया,किमाथाङका भ्रमण पछि फर्कने क्रममा पहिरो आएको थियो । भ्रमण टोलीका अन्य १५ जना भने सकुसल रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही