वाइसीएलद्वारा मिति घोषणाको माग

२१ जेष्ठ २०७०, मंगलवार ०७:३२ मा प्रकाशित

काठमाडौ, २१ जेठ । एमाओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लीग, नेपाल (वाईसीएल)ले चुनावको मिति घोषणा गर्न माग्दै गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई नौबुँदे ज्ञापनपत्र बुझाएको छ । 
वाइसीएल नेपालका अध्यक्ष गणेशमान पुनको नेतृत्वमा गएको एक टोलीले सोमबार रेग्मीलाई बुझाएको ज्ञापन पत्रमा मंसिरमा जसरी पनि चुनाव हुनुपर्ने औंल्याउँदै चुनाव नभए देश अनिश्चितताको बन्दी बन्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले मंसिरको पहिलो हप्ता सविधानसभाको निर्वाचन गराउन सोही अनुसार चुनावको मिति घोषणा गर्न सरकार तयार रहेको सरकारको प्रतिवद्धता जनाएको पुनले बताएका छन् । पहिलो सविधानसभाबाट सविधान नबन्नु र दोस्रो सविधानसभाको मिति घोषणा नहुनुले दल र सरकारप्रति जनताको अविश्वास बढ्दै गएको पनि उनले बताए ।
चुनावको मिति घोषणा गर्न आफूलाई हतारो भएपनि दलहरुको बीच सहमति बन्न नसकेको कारण ढिलाई भएको अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीले आफूहरुसँग गुनासो गरेको पुनको कथन छ । तथापि, सक्दो चाँडो मिति घोषणा गर्ने आवश्वासन अध्यक्ष रेग्मीले दिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको