सूर्यबहादुरलाई औंल्याउँदै विश्वबन्धु छिरे राप्रपा नेपालमा

२१ जेष्ठ २०७०, मंगलवार ०७:१७ मा प्रकाशित

काठमाडौं, २१ जेठ । राप्रपा र राजपालाई एकीकरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ राजनीतिकर्मी विश्वबन्धु थापा आफैले एकीकरण गराएको पार्टीमा दुई साता पनि टिक्न सकेनन् । कुनैबेला नेपाली कांग्रेसका महामन्त्री समेत रहेका र नेपाली राजनीतिमा सात दशकको यात्रा पूरा गरेका थापा कमल थापाले नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन्। 
आफ्ना निकटवर्तीहरुसँग सूर्यबहादुर थापाको चरम अवसरवादी प्रवृत्तिका कारण वाक्क भएर पार्टी छोड्नुपरेको बताउँदैआउका विश्वबन्धुले आफूलाई नवप्रवेशीका रुपमा भित्र्याउन कमल थापाले आयोजना गरेको कार्यक्रममा चाहिँ पञ्चायती व्यवस्थालाई उछिनेर बहुदलीय व्यवस्थालाई कमजोर पार्ने गरी वर्तमान प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गरिएको टिप्पणी गर्दै कमजोर अवस्थामा रहेको मुलुकको राष्ट्रियता र प्रजातन्त्रलाई जोगाउन सबैको दायित्व भएकामा उल्लेख गरे।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीप्रति सर्वत्र आकर्षण र समर्थन बढेको दाबी गर्दै राप्रपा नेपाल एउटा दल मात्र नभई एक अभियान नै भएको उल्लेख गरे । राजासहितको प्रजातन्त्र मुलुकले खोजिरहेको कुरा उनले दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना