कोरियाको फेङथेक शहरमा बहु-सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न

२१ जेष्ठ २०७०, मंगलवार ०१:३७ मा प्रकाशित

दक्षिण कोरिया । दक्षिण कोरियामा विश्व जन दिवसको अवसरमा फेङ्थेक माइग्रेन्ट सेन्टरको आयोजनामा २०१३ मे २६ तारिख आइतबारका दिन बहु-सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न भएको छ। फेङ्थेक सिटी हलमा बिहान १० बजे देखि सुरु भएको सो कार्यक्रममा नेपाल, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, श्रीलंका, बंगलादेश लगायत १२ वटा राष्ट्रहरुको पनि सहभागिता रहेको थियो।

दक्षिण कोरियामा रहेका बिभिन्न देशका नागरिकहरुलाई लक्षित गरिएको उक्त मेलामा सहभागी राष्ट्रहरुले कला, संस्कृतिको पहिचान तथा प्रवर्धन गर्ने उदेश्यले विभिन्न स्टलहरु राखेको थियो। उक्त मेलामा विभिन्न राष्ट्रहरुका कलाकारहरुले सांस्कृतिक कार्यक्रममा बिभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने खेलाडीहरुले मिनी फुटवल, बास्केटबल तथा अन्य बिभिन्न मनोरन्जनात्मक खेलहरुमा सहभागिता जनाएका थिए। विभिन्न कार्यक्रममा प्रथम, द्धितीय तथा तृतीय हुनेहरुलाई आकर्षक पुरस्कारहरु पनि दिइएको थियो।

नेपालीहरुको सहभागिता
विश्व जन दिवसको अवसरमा भएको बहु-सांस्कृतिक मेलामा नेपाली कला संस्कृतिको पहिचान र प्रबर्धन कोरिया गर्नका लागि फेङथेक माइग्रेन्ट सेन्टर (नेपाली समिति)ले नेपालको तर्फवाट सहभागिता जनाउने भएको थियो। बाक्लो नेपालीहरुको सहभागिता रहेको उक्त मेलामा नेपालको लागि २ वटा स्टल रहेको थियो। पहिलो स्टलमा हाम्रो नेपाली कला संस्कृतिको प्रबर्धन गर्नका लागि करिब ३०० जना कोरियन बिद्यार्थीहरुलाई हाम्रो मुख्य चाड दशैंमा लगाइने रातो टिका लगाइदिइएको थियो।

दोस्रो स्टलमा राखिएको नेपाली स्वादको खाना कोरियन तथा अरु बिदेशीहरुले निकै मिठो मानि मानि खाएका थिए। मेलाको सांस्कृतिक कार्यक्रममा नेपाली मगर पोशाकमा कलाकारहरु सलिना पुन, सबिन गुरुङ, अमृता जोशी तथा बिनोद थापाले सामुहिक नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै नृत्य प्रतियोगितामा रोशना केसी तथा रिकमान मगरको नेपाली टोलिले “कता हिडयौं गुलाबको फुल बनि” भने गीतको नृत्यले प्रथम पुरस्कार प्राप्त गरिन। त्यस्तै मिनी फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरुको टोलीले प्रथम पुरस्कार प्राप्त गरे भने अन्य विभिन्न थुप्रै मनोरन्जनात्मक खेलहरुमा सहभागिता पनि जनाएको थियो।

बिरामी काशीराज जोशीको लागि सहयोग रकम संकलन
बहु-सांस्कृतिक मेलामा फेङथेक माइग्रेन्ट सेन्टर अन्तर्गत नेपाली समितिले दक्षिण कोरियामा रहेका ब्रेन ट्युमरका बिरामी काशीराज जोशीको लागि सहयोगको अनुरोध गर्दै चन्दा संकलन पनि गरिएको थियो। अरु तिब्र रुपमा अझ थप रकम संकलन गरेर सहयोग रकम चाडैं नै बिरामी काशीराज जोशीलाइ हस्तान्तरण गर्ने जानकारी फेङथेक माइग्रेन्ट सेन्टर, नेपाली समितिका प्रमुख यादव खनालले दिए।

फेङथेक माइग्रेन्ट सेन्टर अन्तर्गत नेपाली समिति सन् २००५ मा स्थापना भएको थियो। आपत परेका नेपालीहरुलाइ सहयोग गर्ने उदेश्यले खोलिएको नेपाली समितिमा काम छोडेका नेपालीहरुको लागि सेल्टरको ब्यबस्था पनि छ। सो नेपाली समितिले कोरियन भाषा सिकाउने, नेपाली चाड दशैं मनाउने, नयाँ वर्ष मनाउने तथा बिभिन्न नेपाली संघ संस्थाहरु सित सहकार्य गर्दै बिभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी