सिघ्र सेना समायोजनको लागी दुई मध्ये एक बिग्रिडीएर जर्नेल त्याग्न सकिने : पुन

२४ चैत्र २०६८, शुक्रबार २०:४० मा प्रकाशित

रुकुम, २४ चैत्र । माओवादी जनसेना प्रमुख नन्द किशोर पुन (पासाङ)ले आफ्नो पार्टी सिघ्र सेना समायोजनको लागी दुई मध्ये एक बिग्रिडीएर जर्नेल त्याग्न तयार रहेको बताएका  छन् ।
जनआन्दोलन दिवसको अवसरमा एकीकृत माओवादी रोल्पाले शुक्रबार लिवाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले यस्तो जानकरी दिएका हुन् ।
पुनले मुख्य दलहरुलाई आरोप लगाउदै भने एमालेले बखेडा नझिकेको भए सजिलैसँग शान्तिप्रक्रिया टुंगिने थियो।’ एमालेको पछिपछि कङ्ग्रेससमेत शान्तिप्रक्रिया भाँड्ने प्रयत्नमा लागेको छ ।
पुनले वैद्य पक्षको आन्दोलनको कुनै तुक नभएको दाबी गर्दै आफ्नै सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको र शान्ति र संविधानको लागि वर्तमान सरकारको विकल्प नभएको समेत ठोकुवा गरे। पार्टी विभाजनको पक्षमा लाग्नु आत्मघाति कदम भएकाले गुटको राजनीति गर्नेलाई खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी