वैदेशिक रोजगारीमा १० महिनामै १० अर्ब ठगी

२० जेष्ठ २०७०, सोमबार २१:२३ मा प्रकाशित

काठमाडौं, २० जेठ । वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरु ठगिने क्रम नियन्त्रणमा आउनुको साटो झन् बढेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो दश महिनामै वैदेशिक रोजगार विभागमा ९ अर्ब ८५ करोड ३७ लाख ७ हजार रुपियाँ ठगी भएको उजुरी परेबाट ठगीको आंकलन गर्न सकिन्छ । २०७० बैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीको नाममा ठगिएका मध्ये  एक अर्ब एक करोड १० लाख ६ हजार मात्रै असुल भएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार त्यस अवधिमा दर्ता भएका विभिन्न ३९४ उजुरी मध्ये १३७ बाट रकम असुल गर्न सकिएको छ । विभागमा गत बैशाखमा मात्रै  ८ करोड ५९ लाख २० हजार रुपियाँ ठगीका २१० उजुरी दर्ता भएका छन् । ठगहरूबाट बैशाखमा  एक करोड १५ लाख १२ हजार रुपियाँ सम्बन्धीत धनीलाई फिर्ता गराइएको छ । यसैबीच अघिल्लो बैशाखको तुलनामा यसपटक वैदेशिक रोजगारीका लागि अनुमति लिनेको संख्या १४.२७ प्रतिशतले बढेको छ । बैशाखमा २२,२१३ महिला र ३,३५,४९४ पुरुष गरी ३,५७,७०७ जनाले वैदेशिक रोजगारीमा जाने अनुमति लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा