बुटवलका मासु र मिठाई पसलको अनुगमन, अधिकांश पसल दुर्गन्धित

२० जेष्ठ २०७०, सोमबार २१:०७ मा प्रकाशित

रुपन्देही, २० जेठ । जिल्ला अनुगमन समितिले बुटवलका दर्जन मिठाई तथा मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल फोहरले दुर्गन्धित भेटिएका छन् । अनुगमन टोलीले अखाद्य र सडेगलेको पदार्थ मिसाएको भन्दै नेपालगञ्जरोड स्थित अग्रवाल स्वीट्स हाउसमा शिलवन्दी गरेको छ । नेपालगञ्जरोड स्थित अग्रवाल स्वीट्स हाउसमा अखाद्य र सडेगलेको वस्तु राखेको, भान्सामा झिंगा भन्केको फोहर भएकोले शिलबन्दी गरेको खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले बताए ।
त्यसैगरी अनुगमन टोलीले ट्राफिकचोक स्थित कस्तुरी मिष्ठान भण्डारलाई पनि सफासुघर राख्न भन्दै सचेत गराएको छ । रुपन्देहीका सिडियो बालकृष्ण पन्थीको नेतृत्वमा अनुगमन भएको हो । अनुगमन टोलीले मिलनचोक, पूरानो बसपार्क, जितगढीमा रहेका एक दर्जन मासु पसलमा गरेको अनुगमनमा न्यूनतम मापदण्ड पालना नगरेको फेला पारेको छ । अनुगमन टोलीमा सहभागी पशु सेवा कार्यालय रुपन्देहीका पशु अधिकृत डा. भक्त निउरेले पुरानो बसपार्क र जितगढीका मासु पसल दुर्गन्धित पाएको बताए । अनुगमनमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ