रेग्मी सरकारलाई सहयोग गर्न पौडेलको आग्रह

२० जेष्ठ २०७०, सोमबार २१:०२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २० जेठ । चुनाव बारे फेरि अन्योल बढिरहेको बेला नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंसिरको पहिलो साताभित्र संबिधानसभाको चुनाब हुने बताएका छन । खिलराज रेग्मी नेतृत्वको सरकारको मुख्य एजेन्डा नै निर्बाचन भएकोले चुनाब हुनेमा आशंका नगर्न
पौडेलले आग्रह गरे  ।
नेपाली काग्रेस कपिलबस्तुको क्षेत्रनं १ को क्षेत्रिय सम्मेलनको गोरुसिङगेमा उदघाटन गर्दै रेग्मीलाई सबैले सहयोग गरेर चुनाबको बाताबरण बनाउनु पर्ने उपसभापति पौडेलले बताए । उनले संबिधानसभाको चुनाब मात्र नभएर स्थानिय चुनाब पनि उत्तिकै आबश्यक रहेको बताए । अब माओबादीले डरधम्की बाट बहुमत ल्याउन नसक्ने बताउदै नेपाली काग्रेसले बहुमत ल्याएर लोकतान्त्रिक संबिधान बनाउने दाबी गरे । काग्रेसलाई बहुमत नदिए अब पनि संबिधान बन्नेमा शंका रहेको बताए  ।
कार्यक्रममा  नेपालीकाग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, दिपकुमार उपाध्याय पुष्पा भुसाल लगायतले मंसिरमा चुनाब गरेर देशलाई निकास दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा