दलीय असहमति कायम, उच्चस्तरीय बैठक निष्फल

२० जेष्ठ २०७०, सोमबार १६:३८ मा प्रकाशित

काठमाडौं, २० जेठ ।  निर्वाचनसम्बन्धी अध्यादेशमा देखिएका विवादको टुंगो लगाउनुका साथै निर्वाचनको तिथि तोक्न सोमबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक अपेक्षाकृत सहमतिबिना नै टुंगिएको छ । बैठकले आगामी संविधानसभा ४ सय ९१ सदस्यीय नै बनाउने सहमति भने गरेको छ ।
समितिमा देखिएका विवाद मिलाउन गठित कार्यदलले दिएको सुझावअनुसार राजनीतिक दलबीच भएको ११ बुँदे सहमति तथा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन नगर्ने निर्णय बैठकले गरेको समिति संयोजक झलनाथ खनालले जानकारी दिए । बैठकले थ्रेस होल्ड, फौजदारी अभियोग तथा उमेदवारको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने कुनै टुंगो लगाउन सकेन । थ्रेस होल्डको व्यवस्था तथा फौजदारी अभियोगका विषयमा कांग्रेस एमालेले आफ्नो अडान यथावत् राखेका छन् भने एमाओवादी तथा मधेसवादी दलले निर्वाचन ऐनमा यसको व्यवस्था गर्न नहुने अडान लिएका छन् । समितिको अर्को बैठक आगामी शुक्रबार बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार