मुलुक सिक्कीमीकरणको दिशामा तीव्रताका साथ गएको गुरुङको दाबी

२० जेष्ठ २०७०, सोमबार १६:२१ मा प्रकाशित

काठमाडौं, २० जेठ । नेकपा-माओवादीका सचिव देव गुरुङले रेग्मी सरकार निकम्मा बनेको आरोप लगाउँदै अब सुरक्षा निकायले राज्य सञ्चालन गर्ने घोषणा चारदलीय सिण्डीकेटले गरेमा आश्चर्य मान्नु नपर्ने अभिव्यक्ति दिएका छन् । संयुक्त जनआन्दोलन परिचालन समिति कास्कीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा गुरुङले राज्यका सबै अंग ध्वस्त भइसकेका र अब ध्वस्त हुन बाँकी रहेको निकायमा सुरक्षा निकाय मात्र बाँकी रहेको बताए । प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले  भने, ‘कार्यपालिका सकियो, न्यायपालिकालाई अपाङ्ग बनाईयो अब सुरक्षा निकाय ध्वस्त हुन बाँकी छ ।’
यो सवै बाह्य शक्तिको डिजाइनमा चलेको दबी गर्दै सचिव गुरुङले यसभन्दा अघि भएका ‘कू’ मा राष्ट्रियता बचेको र अहिले भएको ‘कू’ मा राष्ट्रियतालाई ध्वस्त पार्न लागिएको बताउँदै मुलुकलाई सिक्कीमीकरणको दिशातर्फ उन्मुख गरिएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र