आफ्नै बाबुले किन गराए छोरीको हत्या ?

२० जेष्ठ २०७०, सोमबार १०:१५ मा प्रकाशित

काठमाडौं, २० जेठ । कुनै युवकसँग प्रेमविवाह गरेकै कारण बाबु रिसाएर छोरीको हत्या गरेको या गराएको घटना समाजमा अनेक हुन सक्छन् । यस्तै घटनाको श्रृंखलामा सप्तरीमा हालै घटेको एक घटना पनि जोडिन पुगेको छ । छिमेककै तल्लो जातका युवकसँग प्रेम गरेर विवाहका लागि घर छोडेकी आफ्नी छोरीको हत्या गराएको अभियोगमा सप्तरी बथनाहा–७ का चन्द्रिका राउत पक्राउ परेका छन् । प्रहरीसँगको बयानमा राउतले  ुकन्ट्र्याक्ट किलरु लगाएर छोरी रुबीको हत्या गरेको स्वीकार गरेका छन् ।
केही दिनअघि एक युवतीको लास नचिनिने अवस्थामा फेला परेको विषयले स्थानीय क्षेत्रमा निकै चर्चा पाएको थियो । कसैले बलात्कार गरेर हत्या गरेको हुनसक्ने आशंकाका साथ युवतीको पहिचान पत्ता लगाउने जमर्को भइरहेको थियो । यसै क्रममा मृतक युवती स्थानीय बजरंगी निमाविमा कक्षा ८ मा अध्ययनरत रुबी राउत रहेको पत्ता लाग्यो । त्यसपछि प्रहरीले शंकाकै आधारमा रुबीका बाबु चन्द्रिकालाई पक्राउ गरेको थियो । पक्राउ गरी बयान लिने क्रममा सबै तथ्य खुलेको प्रहरीको भनाई छ । हत्यामा संलग्न मोहन साह नामक युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का उक युवक फरार रहेको बताइएको छ ।
बताइएअनुसार मृतक रुबी गत चैत ३ गते छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन्। केटा र केटी दुवै परिवारको संयुक्त पहलमा घर फर्काइएपछि बसेको पञ्चायतले केटा पक्षलाई ५० हजार क्षतिपूर्ति दिने सर्तमा घटना सामसुम पारेको थियो। आफूभन्दा तल्लो जातको केटासँग भागेको घटनाबाट तनावमा रहेका राउतले थप अपमानित हुनु नपरोस् भनेर रुबीलाई दरभंगास्थित फुफूको घर पठाएका थिए। हत्याको योजना गरेर नै उनले त्यसरी छोरीलाई आफन्तकहाँ पठाएको थिए । हत्याराको बन्दोबस्त भइसकेपछि चन्द्रिकाले छोरीलाई दरभंगाबाट सप्तरीको रम्पुरामल्हनियाँस्थित ससुराली ल्याएर राखे । त्यहाँ दुई दिन राखेपछि घर हिँड , म पनि पछ आउँछु भन्दै दुईजना अपरिचित युवासँग पठाइदिए । रम्पुरामल्हनियाँबाट रुबीलाई लिएर निस्केका ती दुई अपरिचितले केही घन्टापछि कोसी नदीको पश्चिम तटबन्धछेउ सुनसान ठाउँमा रुबीको घाँटी रेटी हत्या गरेका थिए। उनीहरुले रातारात शव कोइलाडी– ९ चट्टीटोलस्थित नहरछेउ ल्याएर आधा जलाएर फालिदिएको प्रहरी भनाइ छ। रुबीको हत्याबापत हत्यारालाई  चन्द्रिकाले १५ हजार रुपैयाँ दिएको अनुसन्धान क्रममा खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी