गोरखापत्रका पूर्व सम्पादकको अमेरिकामा निधन

१९ जेष्ठ २०७०, आईतवार १९:३५ मा प्रकाशित

काठमाडौं, १९ जेठ । गोरखापत्र दैनिकका पूर्वकार्यकारी सम्पादक किशोर केसीको क्यान्सर रोगका कारण अमेरिकाको बोस्टनमा निधन भएको छ । केही वर्षदेखि परिवारसहित अमेरिकाको बोस्टनस्थित वाटर टाउनमा बस्दैआएका केसी ५५ वर्षका हुनुहुन्थ्यो । स्थानीय अस्पतालमा उपचारकै क्रममा शनिबार उहाँको निधन भएको हो । स्वर्गीय केसीको कलेजोमा छ महिनाअघि क्यान्सर देखिएको थियो ।
लामो समयसम्म गोरखापत्र दैनिकको प्रमुख समाचारदाताको जिम्मेवारी सम्हाल्नु भएक केसी उपसम्पादक पदबाट गोरखापत्र संस्थानमा प्रवेश गर्नुभएको थियो । स्वर्गीय केसीका श्रीमती तथा दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४