सिटौलाले पनि गरे निर्वाचन तिथिको भविष्यवाणी

१९ जेष्ठ २०७०, आईतवार १७:५६ मा प्रकाशित

काठमाडौं, १९ जेठ । प्रचण्ड र झलनाथ खनालपछि भावी संविधानसभाको तिथिबारे भविष्यवाणी गर्ने कृष्ण सिटौला तेस्रा व्यक्ति बनेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सिटौलाले आइतबार प्रेस यूनियन मोरङले बिराटनगरमा आयोजना गरेको एक कार्यक्रमबीच मंगलबारभित्रमा संविधानसभा चुनावको मिति तोकिने दाबी गरे । सिटौलाका अनुसार आगामी मंसिरको पहिलो साता नै नेपालमा चुनाव हुनेछ ।
मंसिरको पहिलो साता संविधान सभाको निर्वाचन गर्न सवै दल सहमत भइसकेकाले सोमवार वस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दलहरुको सहमतिमा निर्वाचनको मिति घोषणा हुने दावी सिटौलाको छ । स्मरण रहोस्, कांग्रेस सभापतिले चुनावको सुनिश्चितताका लागि रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने बताउन थालेका छन् भने उपसभापति पौडेल तत्काल निर्वाचनको मिति तोक्न नहुने पक्षमा उभिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र