कांग्रेस-एमालेले चाहेका छैनन्, तर जसरी पनि मंसिरमै चुनाव हुन्छ : प्रचण्ड

१९ जेष्ठ २०७०, आईतवार १७:३६ मा प्रकाशित

काठमाडौं, १९ जेठ । एमाले नेता हुँदै राजाको प्रत्यक्ष शासनमा कानुन तथा न्यायमन्त्री बनेका सलिम मियाँ अन्सारी एमाओवादी प्रवेश गरेका छन् । शनिबार बारामा आयोजित एक कार्यक्रमबीच प्रचण्डले अन्सारीलाई टिका तथा फुलमाला पहिर्याएर पार्टी प्रवेश गराएका थिए ।
यसैबीच बाराबाट मकवानपुरमा आयोजित सभामा भाग लिन पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार हेटौँडामा आफ्नो पार्टीका राज्यसमिति सदस्यहरुसँगको एक कार्यक्रममा कांग्रेस–एमालेको आनाकानीले मुलुकमा संविधानसभाको चुनावका मिति घोषणा हुन नसकेको बताएका छन् । हेटौंडामा उपलब्ध ताम्सालिङ राज्यसमितिका सदस्यहरुलाई गोप्य सम्बोधन गर्दै उनले कांग्रेस–एमालेले आलटाल गरे पनि मंसिरमा जसरी पनि चुनाव गराउनै पर्ने बताएको स्रोतले जनाएको छ।
मधेसको कमजोरी पूर्ति गर्न आफूले पार्टी प्रवेशलाई प्राथमिकता दिएको बताउँदै अध्यक्ष दाहालले मंसिरमा चुनाव हुने भएकाले निश्चिन्त रही तयारी गर्न निर्देशन दिएका छन् ।
आइतबार बिहान करिब एकघण्टा राज्यसमिति सदस्यलाई सम्बोधन गरेका दाहालले सोमबार बस्ने चारदलीय संयन्त्रको बैठकबाट संविधानसभा चुनावको तोक्ने सकिने सम्भावना दर्शाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा