पूर्वयुवराज पारशको सम्झनामा जेठ १९ को कहालीलाग्दो घटना

१९ जेष्ठ २०७०, आईतवार १७:०७ मा प्रकाशित

नेपालको इतिहासका दर्दनाक घटनाहरुमध्येको एक प्रमुख घटनाको रुपमा अंकित दरबार हत्याकाण्ड का रुपमा बहुचर्चित राजा वीरेन्द्रको बंशनास भएको १२ वर्ष पुगेको छ । यत्तिका दिन बितिसक्दा पनि हत्याकाण्डबारेको रहस्य भने अझै खुलस्त हुन सकेको छैन । ०५८ साल जेठ १९ को त्यो कालो शुक्रबारका दिन राजा वीरेन्द्रको समस्त परिवारसहित १० जनाको ज्यान जाने गरी भएको हत्या काण्डबारे तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा एक उच्चस्तरीय आयोग गठन भएको थियो ।  रानाभाट आयोगले दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको हात रहेको तथ्य बाहिर ल्याएको थियो । नारायणहिटी राजदरबारीसथत त्रिभुवन सदनको खोपीबाट सैनिक कम्ब्याक्ट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको रानाभाट प्रतिवेदनमा उल्लेख भएको थियो । उक्त घटनाका प्रत्यक्ष साक्षी एवम् भुक्तभोगी पूर्व युवराज पारश शाहको स्मरण यस्तो छ :-


त्यो शुक्रबार साँझ दरबारमा पार्टी थियो । दादा हजुर (दीपेन्द्र) दिउँसैदेखि नसामा लट्ठिबक्सेको रहेछ । तर, दादाको मुखबाट रक्सीको गन्ध भने आइरहेको थिएन । दादा आफैँले महेन्द्र मन्जिलबाट मुमा बडामहारानी रत्नलाई मोटर चलाई कार्यक्रमस्थल त्रिभुवन सदनसम्म ल्याइबक्सेको थियो । मुमा, म र हिमानी अलि ढिलो पुग्यौँ । ७:४० बजेतिर दादा हजुरसित भेट भयो । उहाँले के खाने भनेर सोध्नुभयो । मैले कोक मात्र खाने बताएँ । ‘ए कोक मात्र खाने !’ दादा हजुरबाट हुकुम भयो, ‘म त ह्विस्की खाएर बसेको छु ।’ त्यो वेला एकदमै (नशा) लागेजस्तो गरिबक्सिराखेकोथ्यो । मैले केही गडबडजस्तो देखेर केही भएको छ कि भनेर सोधेँ । दादा हजुरले मर्जी भयो, ‘हैन, यही विवाहको कुरा भइराखेको छ । मैले मुमासँग पनि कुरा गरेँ । आफुमुमासँग पनि कुरा गरेँ । दुवैजनाले हुन्न भन्नुभयो । अब आइतबार बुबासँग कुरा गर्छु ।’
कुरा गर्दागर्दै आठ बज्यो । सबैजनालाई दादा हजुरले नै ड्रिंक्स सर्भ गरिबक्स्यो । यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सकेर ठूलोबुबा सवारी होइबक्सँदा दादा हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो, त्यही कोठामा । त्यसपछि एकाएक एकदमै लागेकोजस्तो गरी ढलिबक्स्यो । बेहोसै होइबक्सेकोजसरी त्यही भुईंमा नै सुकला भयो । त्यसपछि म, गोरख, नीराजन र राजीव मिलेर ‘सरकार यहाँ त मिलेन, ठूलोबुबा सवारी होइबक्सियो, माथि सवारी चलाउँछौँ’ भनेर अनुरोध गर्‍यौँ । अनि हामी चारजनाले बोकेर माथि खोपीमा सवारी चलायौँ । त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन सकेनौँ । गद्दीको मुन्तिर सानो ओछ्यान छ, त्यहीँ नै सुताएर गयौँ ।
सुताउने क्रममा दादाको कम्मरमा रहेको ग्लक पेस्तोल झिक्न खोज्याँै । तर, नशाले अचेतजस्तै भए पनि दादाले पेस्तोल झिक्नै दिइबक्सेन । दादालाई सुताएर पार्टीस्थलतर्फ फर्किन लाग्दा हाम्रो आँखा सधैँ दराजभित्र रहने एम १६ राइफलमा पर्‍यो, जुन त्यतिवेला बाहिरै टेबुलमा थियो ।
०००
बत्तीसत्ती निभाएर दादा हजुरलाई सुकला गराएर हामी तल आयौँ । त्यतिवेला महाराजाधिराज र मुमा बडामहारानी सरकार हेलेन शाहसँग कुराकानी गर्दै होइबक्सन्थ्यो । त्यसपछि हामी महाराजाधिराजको दर्शन गरेर बिलियार्ड कोठातर्फ आयौँ । महाराजाधिराज र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो । भर्खर ड्रिंक्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीले चियर्स पनि गरेका थिएनौँ । बल्ल पार्टीको रौनक सुरु भएको थियो । सबैजना आ–आफ्नो धुनमा रमाइरहेका थियौँ । हामीचाहिँ कुनापट्टि थियौँ । हामी युवाहरू उताबाट चुरोट  समाएको नदेखियोस् भनेर त्यो कुनामा बस्ने गथ्र्यौं । त्यहीवेला अकस्मात् दादा हतियार बोकेर बिलियार्ड कोठासँगै जोडिएको डायनिङ हलको पूर्वपट्टिको बैठकबाट जमघटमा प्रवेश गरिबक्स्यो । दादाको काँधमा एम १६ र सर्टगन झुन्डिएको, अनि ग्लक पेस्तोल कम्मरमै रहेको थियो ।
दादाले एकाएक कालो हेक्लर एन्ड कोच एपी ५ सब–मेसिनगनले कोठाको सिलिङ र पश्चिमपट्टिको भित्तातिर तीन फायरिङ गरिबक्स्यो । त्यसपछि बिलियार्ड टेबलको पूर्व छेउतर्फ दादाले परिवारसँग कुरा गरिरहिबक्सेको ठूलोबुबालाई एक्कासि गोली प्रहार गरिबक्स्यो । ठूलोबुबाले के गरेको रु मात्र हुकुम भएको थियो ड्याङ्ड्याङ् तीन गोली प्रहार भयो । ठूलो बुबा ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै कुदेर जान खोज्यौँ । राजीवचाहिँ ठूलोबुबा भएको ठाउँमा पुग्न भ्यायो । मलाई चाहिँ अधिराजकुमारी शोभाले जानै दिइबक्सेन । ‘तिमी त्यहीँ बस,’ हुकुम भयो ।
त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरू सबैजनालाई गोली नलागोस् भनेर त्यहीँ लम्पसार पर्न लगाएँ । दुईजना सिनियर मेम्बरहरू महेशकुमार र रविशमशेर पनि मेरै छेउमा थिए । ठूलोबुबालाई तीन गोली हानेर ढालेपछि दादा बाहिर निस्किबक्स्यो ।
तर, एकछिनमै दादा हजुर फेरि फर्केर सवारी भयो । दादा पुनस् बिलियार्ड कोठामा आएर अघि मात्र भुईंमा राखेको टेलिस्कोपसहितको एम–१६ राइफल बोकिबक्स्यो । धीरेन्द्र सरकारले रोक्न खोजिबक्सेको थियो । ‘इनफ, यु डन इनफ ड्यामेज’ भनेर धीरेन्द्र सरकारले हुकुम हुँदाखेरि उहाँलाई नै ड्याङड्याङ गोली लाग्यो । धीरेन्द्र सरकारलाई एउटा हो कि दुइटा गोली, राम्रोसँग सम्झन सकेको छैन । उहाँ ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्सेपछि त अरू मान्छेहरू त एकपछि अर्को को–को ढले, राम्रोसँग भन्न सक्दिनँ ।
महाराजाधिराजलाई पहिलो अटोमेटिक एमपी ५ ले फायर भएको थियो । बाहिर सवारी भएर फर्केपछि त्यो पेस्तोल फालिबक्स्यो । त्यो पेस्तोल घाइते अवस्थामा महाराजाधिराज सरकारले टिपिबक्स्यो । तर, अधिराजकुमारी शोभा सवारी भएर त्यो पेस्तोल खोसिबक्स्यो र म्यागजिन पनि झिकिबक्स्यो । त्यसलाई त्यही भुईंमा फालिबक्स्यो । के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र हतियार होला । तर, दादाले अरू पनि ९हतियार० बोकिबस्केको मैले देखेको थिएँ । चारवटा थियो हतियार । ह्यान्ड गन देब्रेपट्टि थियो । दाहिने बगलीमा एमपी–५ थियो । सट गन र एम १६ भिरिबक्सेको थियो, त्यो अटोमेटिक हो ।
मैले महाराजाधिराज ढलिबक्सेको देखेँ, यता कुमार खड्ग ढलिबक्सेको थियो । उता कुमार गोरख ढलेको देखेँ । त्यसपछि दादाले पालैपालो आफ्ना ज्वाइँ कुमार गोरखशमशेर राणा, काका धीरेन्द्र र फुपाजु कुमार खड्गविक्रम शाह, बहिनी अधिराजकुमारी श्रुति, फुपूहरू शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलाई भटटट गोली हानिबक्स्यो । मुमा कोमललाई दुई गोली लाग्यो । मुमा भुईंमा लडेपछि शान्तिराज्यलक्ष्मी सिंहले रोक्न खोज्दा उहाँलाई पनि दादाले गोली हानिबक्स्यो । मुमा पहिल्यै ढलिबक्सेकाले बाँच्न सफल होइबक्स्यो ।
ठूलोबुबा बीचमा, स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो । श्रुति दौडँदै आएर गोरखलाई समातेर ‘बाबा तिमीलाई पनि लाग्यो !’ भनेको देखेँ । कुनाको मेचमुनिबाट त्यो चाहिँ राम्रोसँग देखेको हुँ मैले । एउटा गोली आएर मेचको काठमा लागेर मेरो साइडमा महेश कुमारलाई उछिट्टिएर लाग्यो ।
त्यसपछि फेरि बाहिर सवारी भएको हो कि म राम्रोसँग सम्झन सक्दिनँ । दुईरतीनचोटि भित्ररबाहिर गरिबक्सेकोजस्तो लाग्छ । तेस्रोचोटि सवारी हुँदाचाहिँ शाहज्यादी जयन्ती दिदी, केतकी, श्रुति तीनजनालाई हानिबक्स्यो ।
त्यसपछि हामी लुकेको कुनातिर सवारी भयो । अनि त डाइरेक्ट नजरमा हामी पर्‍याँै । मैले आत्तिएर ‘के गरिबक्स्या हजुर † हामीलाई के गरिबक्स्या ?? प्लिज गइबक्स्योस्’ भनेर बिन्ती जाहेर गरेँ । सबैजनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै बारको मुनि थियो । महेशको पछाडि मेरी बहिनी थिइन् । पछाडि मेरी वाइफ थिइन् । वाइफपछाडि मेरा तीन बहिनीहरू लुकाएर राखेको थिएँ । एउटा बहिनीलाई चाहिँ सोफाजस्तोको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले ।
मैले दादा हजुरलाई बिन्ती बिसाएपछि के सोच आएछ कुन्नि, एकएक गरी हामी सबैलाई हेरिबक्स्यो र त्यत्तिकै छाडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो, हामीलाई
हानिबक्सेन भनेर ।

०००
म उठेर गएँ । यत्रतत्र मान्छे ढलिराखेका थिए । म सुरुमा कान्छोबुबाकहाँ गएँ । ‘पारस मेरो खुट्टा चलाउन सकिनँ, चलाइदेऊ’ हुकुम भयो । अलिकति चलाएँ, तर फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर मर्जी भयो । मैले मेरी मुमालाई देखेको थिइनँ । अधिराजकुमारी शान्ति पनि देखिनँ । बडामहारानी सरकार र नीराजन त बाहिरै होइबक्सन्थ्यो ।
मुमा तल ढलिबक्सेको रहेछ । उहाँमाथि अधिराजकुमारी शान्ति ढलिबक्सेको थियो । मुमा उठ्ने प्रयास गरिबक्सेको देखेँ । मैले हतार–हतार गरेर उठाएँ, मुमालाई । ‘म ठीक छैन, म ठीक छैन’ मर्जी भयो । माथबाट रगत आइराखेको थियो । तर, माथको रगत अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । मैले माथ पनि चेक गरेँ, केही पनि थिएन । त्यो वेलासम्म बाहिर फायरिङको आवाज सुनिएको थियो । बाहिर चौरमा फायरिङ भइराखेको थियो । लास्ट भएकै चौरमा हो । दादा हजुरले आफैँलाई सुट गरिबक्सेको रहेछ । तर, मैले देखेको होइन । अन्तिम फायरिङपछि दादाले बिरालोले राति निकाल्नेजस्तो आवाज निकालिबक्सेको थियो । हिमानी, पूजा, शितास्मा, दिलाशा छुट्टै कोठमा थिए । त्यसैले उनीहरू बाँच्न सफल भए ।

०००
त्यसपछि म दौडेर मुमा बडामहारानी सरकारकहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यतिवेलासम्म फायरिङ सकिसकेको थियो । मैले यस्तो–यस्तो भयो भनेर मुमा बडामहारानीलाई जाहेर गरेँ । मुमाबडामहारानी सरकारकहाँ तीनजना होइबक्सन्थ्यो । बाहिर दौडेर एडिसीहरूलाई भित्र ल्याएँ । मैले भनेँ– भित्र मरेका पनि छन्, घाइते मान्छेहरू पनि छन् । मरेका मान्छेलाई छाडिदेऊ । घाइतेलाई दौडाइहाल ।
५–६ जनाको मृत्यु भइसकेको थियो । अब दादा हजुर, बडामहारानी सरकार र भाइलाई खोज्न तीनजनालाई पठाएँ । दाइको एडिसी दौडेर ‘हि सट हिमसेल्फ’ भन्दै आयो । त्यसपछि भाइ ९नीराजन० कहाँ त भन्दा भाइलाई पनि हानिबक्स्यो भन्यो । ठूलोमुमा खोइ भन्दा ठूलो मुमा पनि डाउन † ठुलोमुमाको चान्स नै छैन भन्यो । मैले देखेको होइन, तर ठूलोमुमाको माथमा लागेको रहेछ ।
त्यसपछि एडिसी र म भएर दादा र भाइलाई चाहिँ गाडीमा राख्यौँ । म अगाडि बसेँ । पछाडि एकजना ड्राइभरले दादालाई समाइराखेको थियो । भाइलाई अर्को एकजनाले समातेको थियो । म, दुईजना एडिसी र एकजना ड्राइभर भएर अस्पताल पुर्‍यायौँ । त्यतिवेला महाराजाधिराज सरकारको अस्पताल सवारी चलाइसकेको थियो । राजीवले लिएर गएको रहेछ, मैले देखेको होइन ।
मैले ९उद्दार गर्न० सक्नेजति गरेको हुँ । बचाउन खोजेको हो मान्छेलाई । तथापि, अरूलाई पनि बचाउन सक्थेँजस्तो लाग्छ, अहिले सोच्दाखेरि । जे जति गरेँ, त्यो कम भयोजस्तो लाग्छ, आफूलाई ।

०००
दादा हजुर दीपेन्द्र र म सँगै हुर्किएका हौं । हाम्रो उमेर पनि ६ महिनाले मात्र फरक छ । हामी तीन भाइ ९म, दीपेन्द्र र नीराजन० प्रायस् सँगै हुन्थ्याँै । दादा हजुरले आफू जाने कार्यक्रममा प्रायस् हामी दुई भाइलाई पनि लिएर गइबक्सन्थ्यो । दादालाई मैले जति नजिकबाट सायद अरूले चिनेको छैन ।
दादा र मेरो पढाइ भने सँगसँगै हुन सकेन । मैले बुढानीलकण्ठमा पढेँ भने दादा इटन कलेजमा पढिबक्स्यो । म अमेरिकाबाट फर्केर आउँदा त दादाको बानी पूरै बदलिइसकेको रहेछ । त्यतिवेला २०४६ सालको आन्दोलन पनि सफल भएको थियो । आन्दोलनबाट अधिकार खोसिएकोमा दादा हजुर गम्भीर होइबक्सेको थियो । त्यतिवेला दादा सेक्सपियरका दुस्खान्त नाटक खुब मन पराइबक्सन्थ्यो ।
०५९ साल जेठ १९ भन्दा अघिल्लो शुक्रबार हामी दुई भाइ ९म र नीराजन० ले अर्को शुक्रबार हाम्रो एउटा कार्यक्रममा जानु छ भनेका थियौँ, दादासित । तर, दादा हजुरले यो शुक्रबार तिमीहरू मसँग हुनैपर्छ भनिबक्स्यो । दादा हजुरको कुरालाई नाइँ भन्न सकेनाँै ।
त्यो घटनाबारे हाम्रो परिवारप्रति आक्षेप लाग्ने गरी विभिन्न किसिमका कुरा बाहिर आउँदा मलाई निकै दुस्ख लाग्छ । तर, फेरि आफैँ सोच्छु, यो घटनाको म आफैँ प्रत्यक्षदर्शी हँु र त, म स्वयंलाई अझै पत्याउन गाह्रो परिरहेको छ भने अरूले कसरी पत्याऊन् रु यस्तो सोचेर मन बुझाउने प्रयास गर्छु । त्यस घटनाले मलाई मानिसक रूपले यति विक्षिप्त बनाइदियो कि त्यसबाट रिकभर हुन नै कैयौँ वर्ष लाग्यो । चार वर्षसम्म म मानसिक रूपले निकै विक्षिप्त अवस्थामा थिएँ ।
मलाई लाग्छ, दरबारभित्र रहेका थुप्रै स्वार्थी झुन्डहरू पनि त्यस हत्याकाण्डमा जिम्मेवार छन् । ती झुन्ड एक–अर्काका कडा प्रतिस्पर्धी थिए । एउटा समूहले अर्काको अस्तित्व नै नामेट गर्ने हिसाबले अघि बढिरहेको वेला दादालाई उक्साउने समूहको कुनै कमी थिएन, दरबारमा । दरबारमा युवराज दीपेन्द्रलाई शासनको बागडोर तिम्रै हो, तिमीले नै सम्हाल्नुपर्छ भनेर उकास्नेको पनि कमी थिएन । दादालाई सत्तामा पुग्ने चरम महत्त्वाकांक्षाले पनि दरबार हत्याकाण्ड भएको हुन सक्छ । अनि, प्रेम हत्याकाण्डको एउटा प्रमुख कारण हो ।
विवाहको प्रसंग अघिल्लो जन्मोत्सवमा सुरु भएको थियो । दादाहजुरको प्रेमको विषयमा ठूलोबुबा र ठूलीमुमा राजी होइबक्सेको थिएन । भाइ नीराजन र म सधैँ दादा हजुरको समर्थनमा थियौँ । त्यसो त हामी जे कुरामा पनि उहाँलाई साथ दिन्थ्यौँ । दादाको जे–जे हुकुम हुन्छ त्यही गर्ने मान्छे हामी । राजीव पनि हाम्रै साथमा थियो । तर, श्रुति, गोरख र अरू बहिनीहरू प्रेमका विरुद्धमा थिए ।
०००

मलाई लाग्छ, एक्कासि घटेको घटना होइन त्यो । यसको योजना लामो समयदेखि बुनिएको हुन सक्छ । खासगरी सैनिक तालिम गर्न खरिपाटी जाँदादेखि नै दादाले योजना बुनिबक्सेको हुनुपर्छ । हतियारको कमिसन पनि हत्याकाण्डको कारण हुन सक्छ । नेपाली सेनाले बेल्जियममा बनेको एसएलआर
९सेल्फ लोडिङ राइफल० लाई विस्थापन गर्न खोजिरहेको र दादाले भने जर्मन हेक्लर एन्ड कोच जी ३६ एसल्ट राइफल मन पराइबक्सेको थियो । दादा एम १६ को विरुद्धमा होइबक्सिन्थ्यो । तर, ठूलोबुबा भने यसमा सहमत होइबक्सन्थ्यो । यसैमा दादा र ठूलोबुबाबीच सम्बन्धमा चिसोपन आएको थियो । सेनालाई ५० हजार नयाँ बन्दुक चाहिएकाले दादाका सल्लाहकारहरू बन्दुक किन्ने योजनामा थिए । जुन काम सफल भएको भए करिब ३५ हजार राइफल किनिने थिए । एउटा बन्दुक खरिद गर्दा चार सय ५४ डलरका हिसाबले एक करोड ५० लाख डलर कमिसनस्वरूप आउने थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि