कमलरी आन्दोलनकारीमाथि निर्मम प्रहरी दमन

१९ जेष्ठ २०७०, आईतवार १६:३३ मा प्रकाशित

काठमाडौं, १९ जेठ । कमलरीहरु माथि हिंसा बढेको भन्दै अन्त्यको माग गरी विगत चार दिनदेखि आन्दोलनरत कमलरी आन्दोनकारीहरुमाथि प्रहरीले निर्मम आक्रमण गर्दा कैयन आन्दोलनकारी गम्भीर घाइते भएका छन्। पश्चिम नेपालका थारु किशोरीहरुलाई मोलमोलाई गरेर घरेलु कामदारको रुपमा राख्ने कार्यलाई कमलरी भनिन्छ । कमलरी हत्या र कमलरीमाथी हुँदै आएको यौन शोषणको छानविनको माग गर्दै आइतबार बिहान सिंहदरवारको ढोकामा धर्ना दिन पुगेका कमलरीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । लाठी प्रहरबाट कैलालीकी सीता चौधरी, सुजता चौधरी, दाङकी उर्मिला चौधरी लगायत ५ जना बेहोस भएका थिए भने उनीहरुको हात भाँचिएको, टाउको फुटेको र खुट्टा भाँचिएको कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिका संयोजक फकला थारुले बताइन् ।  घाईतेहरुको अनामनगर स्थित अन्नपूर्ण अस्पताल र बीर अस्पतालमा उपचार भइरहेको छ ।
महिलाहरुले भोग्नु परेको पीडा, हत्या र शोषणका दोषीको छानविन गरी दोषीउपर सरकारले तत्काल कार्बाही गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका कमलरीहरुले दिन प्रतिदिन चेलीहरुको हत्या बढिरहेको र थारु चेलीहरु असुरक्षित र बढि पीडित भईरहेको अबस्थामा पनि सरकारले यस विषयमा वेवास्ता गरेको भन्दै अनिश्चितकालिन आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी