कांग्रेसले आइतबार राजधानीमा दबाबमुलक जनप्रदर्शन गर्ने

२४ चैत्र २०६८, शुक्रबार २०:२५ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । कांग्रेसले जेठ १४ भित्र शान्ति प्रक्रिया टुंग्याई संविधान जारी गर्न दबाब दिने उदेश्यले आइतबार राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने भएको छ । कांग्रेसले तय गरेको कार्यक्रमअनुसार राजधानीको रत्नपार्कस्थित स्व. गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी जुलुस वसन्तपुरमा पुगेर सभामा परीणत हुनेछ ।

कांग्रेसले माओवादी नेतृत्व जिम्मेवार नभएकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अनिश्चित बनेको उल्लेख गर्दै जनआन्दोलन दिवस चैत २६को सन्दर्भ पारेर राजधानीमा बृहत् जनप्रदर्शन र आमसभा गर्ने घोषणा गरेको हो ।

काठमाडौं कांग्रेसका तर्फबाट सभापति भीमसेनदास प्रधानले शुक्रबार वक्तव्य जारी गरी माओवादीले विभिन्न समयमा गरेका सहमति र सम्झौता उल्लंघन गरी नयाँ शर्त थपेर शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोध सिर्जना गरेको हुदाँ नयाँ संविधानका लागि व्यापक जनदबाब सिर्जना गर्न कार्यक्रम घोषणा गरिएको उल्लेख गरेका छन् ।

कांग्रेसले समयमै शान्ति र संविधान निर्माण गर्न तथा बढ्दो हत्या, असुरक्षा, दण्डहीनता, भ्रष्टाचार, महँगी र राज्य आतंक बन्द गर्नका लागि हुने लोकतन्त्रवादीहरूको जनशक्ति प्रदर्शनमा सहभागी हुन आम नागरिक समाज र पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ । सभाको नेतृत्व कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नरहरि आचार्यलगायतका नेताले गर्ने जानकारी पार्टीले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको