नेपाल-भारत गृहसचिवस्तरीय वार्तामा भारत हावी

१९ जेष्ठ २०७०, आईतवार ११:३४ मा प्रकाशित

काठमाडौं, १९ जेठ । गृहसचिवस्तरीय बैठकका लागि शनिबार नेपाल आएको भारतीय टोली र नेपाली पक्षबीच भएको बैठक शनिबार मध्यरातसम्म चलेको बुझिएको छ । गृहमन्त्रालयका सचिव नवीन घिमिरे र भारतीय गृहसचिव आरके सिंह नेतृत्व टोलीबीच चलेको बैठकमा अध्यागमन प्रणालीमा सुधार गर्ने, गोर्खा सैनिकको निवृत्तिभरण वितरण सहज बनाउने, सीमावर्ती क्षेत्रमा जनताको समस्या निराकरण गर्न स्थानीय प्रशासन र सुरक्षा अधिकारीले सम्पर्क अधिकृत तोकेर सूचना आदानप्रदान गर्ने प्रणाली स्थापना गर्नेलगायतका मुद्दामा सहमति भएको छ । अन्तरसीमा अपराध नियन्त्रण र सीमा क्षेत्रका नागरिकको समस्यामा केन्द्रित भएको बैठकमा मूलतः भारतीय पक्षकै एजेन्डा हावी भएको स्रोतले जनाएको छ । 
नेपाली पक्षले बैठकमा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको अवरोध, गम्भीर अपराधमा भारतमा लुकेकाको पक्राउ, लागुऔषध र साना हतियार कारोबार नियन्त्रणलगायत प्रस्ताव उठाएको थियो भने सीमास्तम्भको नियमित मर्मतसम्भार, सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलको क्षमता वृद्धि गर्ने, अध्यागमन प्रशासन र कारागार सुरक्षा क्षेत्रको क्षमता बढाउन प्रशिक्षण, वनबासा र शारदा ब्यारेज खुल्ने समय सात घन्टा बढाउने जस्ता कुरामा सहमति भएको छ। बैठकमा साना हतियार र लागुऔषध कारोबार नियन्त्रण, दुवै देशमा रहेको लगानी सुरक्षालगायत विषयमा निर्णय भए पनि नेपाली पक्षका प्रस्तावहरु त्यत्तिकै खुम्चिएका थिए।
नक्कली भारतीय रुपैयाँ कारोबार नियन्त्रण, सीमामा बढ्दो मदरसा संख्या, पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको सक्रियता र नेपालमा लुकेका भारतीय अपराधी पक्राउ र हस्तान्तरण तथा भारतविरोधी गतिविधि नियन्त्रणलगायतका विषय भारतीय पक्षले जोडदार ढंगमा उठाएका थिए । स्रोतका अनुसार नेपालमा लुकेका अभियुक्तको सहज हस्तान्तरण, नक्कली भारु कारोबार नियन्त्रणका लागि नोट परीक्षण मेसिन, नेपालका मदरसामा भारतविरोधी गतिविधि निगरानीमा भारतीय पक्षले जोड दिएको थियो। यस्तै नेपाली पक्षले पनि भारत पुगेका गम्भीर अपराधका अभियुक्त पक्राउ, साना हतियार कारोबार र लागुऔषध कारोबार नियन्त्रण, भारतीय भूमिमा आश्रय लिएका तराईका सशस्त्र समूहको निगरानीलगायत प्रस्तावमा जोड दिएको थियो । तर भारतीय पक्षले यी विषयलाई टुंगोमा पुग्नै नदिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र