प्रचण्डको दिन समाप्त हुन लागेको वैद्यको दाबी

१९ जेष्ठ २०७०, आईतवार ०८:१० मा प्रकाशित

काठमाडौं, १९ जेठ । चुनाव भाँड्न उद्यत् रहेको आरोप लागेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै हालतमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । आफूहरुलाई संविधानसभाविरोधिका रुपमा चित्रित गर्ने षडयन्त्र चलिरहेको बताउँदै अध्यक्ष वैद्यले अन्तरिम चुनावी मन्त्रिपरिषद् विघटन र प्रमुख दलबीचका सहमति खारेज नभएसम्म संविधानसभा निर्वाचनमा भाग नलिने अडान कायम रहेको जानकारी दिए । पार्टी कार्यालय बुद्धनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भएको पनि दोहोर्याए । 
यथास्थितिमा हुने चुनावको कुनै अर्थ नहुने हुनाले आफ्नो पार्टीले चुनावबारे केही सोच्दैनसोचेको र यसैकारण दल दर्ता पनि नगरेको वैद्यको भनाई छ ।
नेता वैद्यले माओवादीलगायत ३० साना दलसमेत निर्वाचनमा सहभागी नहुने भन्दै हुने भनी हल्ला चलाईएको संविधानसभा निर्वाचन विदेशीको इसारामा भइरहेको दाबी गरे ।
प्रचण्ड मुलुककै एक नंबर झुठा व्यक्ति भएको उल्लेख गर्दै अध्यक्ष वैद्यले एमाले, कांग्रेसलाई तर्साउनका लागि हामीबच् पार्टी एकता हुन लागेको झुठो हल्ला प्रचण्डले चलाएको बताए । पार्टी एकताको भ्रममा नपर्न कार्यकर्ताहरुलाई उनले आग्रह पनि गरे । प्रचण्डको राजनीतिक धरातल कमजोर भएर गएको उल्लेख गर्दै उनले आफूहरुलाई देखाएर कुप्रचार गर्ने उनका दिन अब सकिन लागेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि