मंसिरमा चुनाव नभए फेरि दलको सरकार : रायमाझी

१९ जेष्ठ २०७०, आईतवार ०७:२२ मा प्रकाशित

नवलपरासी, १९ जेठ । वर्तमान रेग्मी सरकारले मंसिरभित्र सविधानसभाको निर्वाचन गराउन नसके यो सरकारलाई फालेर पुनः राजनीतिक दलको नेतृत्वमा सरकार गठन गरिने धारणा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपवहादुर रायमाझीले अघिसारेका छन् । नवलपरासीको मुकुन्दपुरमा कार्यकर्तालाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका रायमाझीले राजनितिक दलविच सहमति नभएपछि निर्वाचन गराउनैका लागि बाध्यतावश चुनावि सरकार गठन गरेको उल्लेख गर्दै सरकारले मंसिरभित्र चुनाव गराउन नसके चुनावि सरकारको औचित्य समाप्त भएर जाने दाबी गरे । चुनावी वातावरण्ँका लागि देश दौडाहामा रहेका नेता रायमाझीले कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न आग्रह गरे । 
उनले अझैपनि गण्ँतन्त्र संस्थागत हुन नसकेको बताउदै संकमणकाल जति लम्विदै जान्छ त्यति नै प्रतिगामीहरुले फाइदा उठाउने जनाए । संक्रमणकाल छोटाउनकै लागी भएपनि कुनै पनि हालतमा मंसीरमा संविधानसभाको निर्वाचन हुनुपर्ने रायमाझीको कथन थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको