सिक्टहनमा बन्ने भो नयाँ औद्योगिक क्षेत्र

१९ जेष्ठ २०७०, आईतवार ०७:२० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १९ जेठ । नवीनतम औद्योगिक विकास सहकारी संस्थाले नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि सिक्टन गा.वि.स.मा जग्गा खरिद गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न संस्थाको विशेष साधारणसभाले जग्गा खरिद गर्ने निर्णय गरेको हो । जग्गा खरिदसँगै संस्थाले शेयर पूँजी बृद्धि गर्ने निर्णय समेत गरेको छ । निर्णय अनुसार संस्थाको शेयर पूँजी ६ करोड ५० लाख पुग्ने भएको छ । संस्थामा न्यूनतम २५ हजार देखि अधिकतम ५ लाखसम्म शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । संस्थाले आगामी आषाढ मसान्तभित्र पुराना सदस्यहरुको शेयर बृद्धि एवं नयाँ उद्योगीहरुका लागि शेयर सदस्यता खुल्ला गरी ६ करोड ५० लाख शेयर संकलन गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष एजाज आलमले बताए । 
रुपन्देही उद्योग संघको पहल र उद्योगीहरुको सक्रिय सहभागितामा सहकारीका माध्यमबाट नयाँ औद्योगिक क्षेत्र स्थापनालाई मुख्य लक्ष्य मानेर स्थापित संस्थाले आगामी २ वर्ष भित्रमा सिक्टहन गा.वि.स. स्थित भुतहवामा करीब ३० विगाहा जग्गामा औद्योगिक क्षेत्र संचालन गर्ने भएको छ । जग्गा खरिद सम्बन्धमा सिक्टहनका स्थानीय वासी एवं जग्गा धनीहरुबीच छलफल र सहमती गरिसकेको र साधारणसभाको निर्णय पश्चात् जग्गा खरिदको कार्यलाई तत्काल अघि बढाउने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष एजाज आलमको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको संस्थापक सदस्यता लिने समेत निर्णय गरेको छ । सभामा रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठकले संघले लिएको दीर्घकालीन लक्ष्य अनुसारको औद्योगिक क्षेत्र स्थापनाले गति प्राप्त गरेकोमा खुशी व्यक्त गरे ।संस्थाका सचिव दिनेशराज रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका शेयर सदस्यबीच जिज्ञासा एवं सुझावहरु आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको