कांग्रेस र एमालेबीच चुनाव नगर्ने सहमति भइसक्यो : पेष्टबहादुर बोगटी

१८ जेष्ठ २०७०, शनिबार २२:२१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १८ जेठ । एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले नेपाली कांग्रेस र नेकपा एमालेले मंसिरमा हुने भनिएको संविधानसभाको चुनाव नगर्ने भित्री सहमति गरेको दाबी गरेका छन् । अखिल नेपाल शिक्षक संघठन पाल्पाको तेश्रो जिल्ला अधिवेशन उदघाटन गदै नेता बोगटीले मंसिरमा हुने संविधानसभाको चुनावमा माओवादीले दुई तिहाई मत ल्याउने निश्चित भएकोले उनीहरुले मंसिरमा चुनाव नगराउने गरी सहमति गरेको आरोप लगाए ।
चार दलविच भएका सहमति उल्लंन गर्दै संविधानसभा सदस्य संख्या, थ्रेसहोल्ड जस्ता विवाद उठाएर काग्रेस र एमाले चुनाव नगर्ने षडयन्त्रमा लागिपरेको उनको भनाई थियो ।
एमाओवादी र बैद्य माओवादीबीच झगडा गराएर काग्रेस र एमालेले आफ्नो फाईदा लिने कोशिष गरेको बताउदै महासचिव बोगटीले नेकपा माओवादी र उपेन्द्र यादवलाई चुनावमा सहभागि नगराउने गरी षडयन्त्रमा लागेको दाबी गरे ।
अधिवेशनमा अखिल नेपाल शिक्षक संघठनका केन्द्रिय उपाध्यक्ष रत्न वलीले एमाओवादी सरकारले ल्याएको शिक्षा अध्यादेश पारित भएमा नेपालको शिक्षामा आमुल परिवर्तन आउने र सवै खालका शिक्षक विद्यालय कर्मचारीहरुको समस्या समाधान हुने दावि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट