किसिम–किसिमका अपराधी प्रहरी फन्दामा

१८ जेष्ठ २०७०, शनिबार २२:१३ मा प्रकाशित

काठमाडौं, १८ जेठ । कैलाली जिल्लाका व्यापारीहरुलाई धम्क्याएर नगद असुल्दै आएका एक युवकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । धनगढी नगरपालिका–२ पुरानो भंसार रोड रामजानकी टोल डेरा गरी बस्ने डोटी जिल्ला बिछौन–७ घर भएका २३ बर्षीय गणेश बहादुर बमलाई कटुवा पेस्तोल, गोली लगायतका सामानसहित पक्राउ गरिएको हो ।
बमको कोठा तलासी गर्दा कटुवा पेस्तोल १ थान, सोको गोली ३ राउण्ड, डेटोनेटर तार, चक्कु १ थान, ‘संयुक्त लोकतान्त्रिक परिवेश’ नामक कथित पार्टीको सहयोग रसिदको प्याड १ थान, सदस्यता ठेली १ थान , नगद ३५ हजार, बैक अफ काठमाडौँको चेक बुक लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
अभियुक्त बमलाई धनगढी नगरपालिका–१ स्थित गुरुङ सेकुवा कर्नरबाट पक्राउ गरी सोधपुछ गर्दा कोठामा हतियार राखेको बताएपछि प्रहरीले कोठा तलासी गरेको थियो ।
यसैगरी दार्चुला छवाङ गाविसका तुण्डुक तामाङ सहित ४ जनालाई प्रहरीले बाघको छाला, दाँत तथा सालकको छाला लगायतका सामानसहित पक्राउ गरेको छ । गस्तीका क्रममा प्रहरीमाथि फायरिङ गरेपछि अपराधीको पहिचान भएको र प्रहरीले समेत जवाफी फायर गर्दा एक अभियुक्तको डाढमा गोली लागेको थियो । पक्राउ परेका तण्डुक तामाङको साथबाट र घटनास्थलमा फेला परेको ७ वटा झोलाबाट बाघको छाला ६ थान, बाघको दाँत ९ वटा, हात्तिको दाँत २ वटा र सालकको १५÷२० के.जी कत्ला भएको छाला बरामद भएको थियो । घाइते तामाङको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको र अन्य फरार अभियुक्तहरुको प्रहरीले खोजतलास गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४