रेग्मी सरकारले तय गर्यो राष्ट्रिय दिवस

१८ जेष्ठ २०७०, शनिबार १५:२८ मा प्रकाशित

काठमाडौं, १८ जेठ । सरकारले नेपालको राष्ट्रिय दिवसका रुपमा जेठ १५ लाई तोकेको छ । नेपाल सरकारको निर्णअनुसार विदेशी मित्रहरुले मे २८ लाई नेपालको राष्ट्रिय दिवस मानेर बधाई तथा शुभकामना दिन सक्नेछन् । बिहिबारको मन्त्रिपरिषद बैठकले गणतन्त्र घोषणा गरिएको अंग्रेजी तिथि मे २८ ९जेठ १५०लाई राष्ट्रिय दिवस घोषणा गरेको हो।
राजतन्त्रकालमा तत्कालीन राष्ट्रप्रमुख राजाको जन्मदिनलाई राष्ट्रिय दिवस मान्ने प्रचलन थियो। २०६२र६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरे पनि नयाँ राष्ट्रिय दिवस तोकिएको थिएन। ३ सय ६५ दिनै कुनै न कुनै दिवस मनाइने देशमा सरकारले राष्ट्रिय दिवस घोषणा गर्न नसक्दा अन्योल थियो। अब कसैले सोधे निर्धक्क भन्न सकिने भयो– हाम्रो राष्ट्रिय दिवस मे २८।
२०६२र६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेपछि संविधानसभाले २०६५ जेठ १५ मा गणतन्त्र घोषणा गरेको थियो। पहिलो गणतन्त्र दिवस मे २८ का दिन परेको हुँदा विदेशीका निम्ति उक्त मिति राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विदेशीलाई नेपाली मिति राख्दा अफ्ठेरो पर्ने भयो। जेठ १५ सधैं मे २८ का दिन पर्दैन। मे २७ र २८ मा मात्र होइन, जेठ १५ कहिलेकाहीँ मे २९ मा समेत पर्ने गर्छ। राष्ट्रिय दिवसको अवसरमा विदेशीले बधाई सन्देश पठाउँदा कुन दिनलाई आधार मान्ने भन्ने दुविधा हुने भो। यसकारण देशभित्र जेठ १५ गते र विदेशीले सन्देश पठाउँदा मे २८ लाई आधार मानी पठाउने निर्णय भएको हो ।
काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगले आफ्ना राष्ट्रप्रमुख तथा सरकारप्रमुखले नेपालका समकक्षीलाई राष्ट्रिय दिवसको बधाई सन्देश कुन दिन पठाउने भन्ने प्रश्न गर्दा परराष्ट्रका कर्मचारी नाजवाफ हुने गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ