प्रचण्डको हत्या प्रयास भएकै हो त ?

१८ जेष्ठ २०७०, शनिबार ०७:०१ मा प्रकाशित

काठमाडौं, १८ जेठ । हिजो शुक्रबार सञ्चारकर्मीहरुको एक तप्कामा अचानक एउटा अपुष्ट सूचना प्रवाहित भयो- ‘एमाओवादी अध्यक्ष प्रचण्डको हत्या गर्न खोजेको आरोपमा केही व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।’ तर प्रहरी निकायबाट तत्काल यसको पुष्टि गरिएन । यथार्थ के हो भने कुरा जिज्ञाशामै सिमीत रह्यो । अन्ततः प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेको कुरा सार्वजनिक भएको छ । सो अभियोगमा नेकपा-माओवादी(क्रान्तिकारी)का इन्द्रकुमार चिमोरिया र काडमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका विष्णु खड्का काठमाडौंमा पक्राउ परेका बुझिएको छ। एक कार्यक्रमका सिलसिलामा बर्दियामा रहँदा बम विष्फोट गराएर प्रचण्डको हत्या गर्ने षड्यन्त्रमा चिमोरिया र खड्का संलग्न रहेको अभियोग लगाइएको छ ।
प्रचण्डले भाषण गर्ने कार्यक्रममा प्रेसरकुकर बम राखिएको सुराक पहिले नै मिलेपछि प्रहरीले बम निस्क्रिय तुल्याउको थियो भने सोही पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद भएको दाबी पनि गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले दाहाल हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरी दाबी छ।
महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बिहीबार खड्का र चिमोरियालाई चावहिलामा पक्राउ गरेको बुझिएको छ । पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको बताइएको छ भने चिमौरिया सदस्य हुन्। उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि