एनआरएन अमेरिकाको दोस्रो साधारण सभा सम्पन्न

१८ जेष्ठ २०७०, शनिबार ०२:२७ मा प्रकाशित

लस एन्जेलस, क्यालिफोर्निया । गैर आवाशीय नेपाली संघ  राष्ट्रिय समन्वय समिति अमेरिकाको दोस्रो साधारण सभा र अधिबेशन  क्यालिफोर्नियाको लस एन्जेलसमा भब्यताका साथ सम्पन्न भयो ।

अधिवेशनको उद्घाटन अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले पानसमा दिप प्रज्वलन गर्दै नेपाली समुदायबाट भएका गतिविधिको प्रशंसा गर्नुभयो। उद्घाटन शत्रमा राजदुत शर्माले नेपाल सरकारले हालै नियुक्त गरेको अवैतानिक महावाणिज्य दूत ऋषि ढकाल, नेपाल पर्यटन बोर्डले नियुक्ती गरेको पर्यटन दूत अनिल पाण्डे तथा नेपाललाई विश्वले चिन्नेछ भन्ने अभियान सञ्चालनकर्ता सञ्चारकर्मी रवि लामिछानेलाई विशेष धन्यवाद दिनुभएको थियो। नेपाली राष्ट्रिय गीतबाट शुरु भएको उक्त अधिवेशनमा नेपाल, जापान, क्यानडा तथा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेको थियो।

सो अवसरमा समन्वय समितिका अध्यक्ष प्रह्लाद केसीले आफ्नो कार्यकालमा गरेका गतिविधिहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका अवसरमा भएका विभिन्न खेलकुद गतिविधिहरुमा सान फ्रान्सिस्कोले धेरै सफलता हासिल गरेको थियो। कार्यक्रममा एकता समाजले छुट्टै किसिमको मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै उक्त प्रस्तुतीमा छ्यान छर्मी शेर्पा, सन्तोष पन्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो। ग्रान्ड म्युजिकल नाइट नामक उक्त कार्यक्रममा एकता समाजकी अध्यक्ष उमा थापाले सहभागि सवैलाई स्वागत गर्नुभएको थियो।

अधिवेशन कार्यक्रम अन्तर्गत सञ्चालित ट्यालेन्ट शोमा निर्णायकहरुलाई उत्कृष्ठताको छनौट गर्न हम्मेहम्मे परेको थियो। सवै क्याटेगोरीहरु एकैपटक प्रस्तुती भएको हुनाले निर्णायकहरुले उत्कृष्ठ हुँदाहुदै पनि विभिन्न प्रस्तुतीहरुलाई पुरस्कृत गर्न सकेको थिएनन्। मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष तथा पर्यटन दूत अनिल पाण्डे लगायतका ब्यक्तित्वहरु निर्णायक रहेको उक्त कार्यक्रममा अव पछि हुने यस्ता ट्यालेन्ट शोहरुमा छुट्टाछुट्टै क्याटेगोरी बनाउनुपर्ने आभास गरिएको थियो। सो कार्यक्रम अंग्रेजी राष्ट्रिय गीतबाट समापन भएको थियो।

कार्यक्रममा समन्वय समितिका पदाधिकारीहरुलाई विभिन्न अवार्डहरु प्रदान गरिएको थियो। विभिन्न क्षेत्रका महानुभावहरुलाई रिवार्ड गरेपनि कार्यक्रममा पत्रकारहरुलाई कुनै वास्ता गरेको देखिएन। कार्यक्रममा एनआरएनका गतिविधिहरुलाई सम्प्रेषण गरिरहेको सञ्चार संस्थालाई समेत कुनै वास्ता नगर्दा सहभागिहरु दंग परेका थिए। नेपाली दुतावासका पदाधिकारी, अन्य संस्थाका आमन्त्रितहरु तथा नेपाल सरकारले हालै नियुक्त गरेका अवैतानिक दुतहरुलाई मर्यादाक्रममा खासै स्थान दिइएन कार्यक्रम भब्य रुपमा सम्पन्न भएपनि मर्यादाक्रम भने मिलाइएको थिएन।

महिलाहरुले आफ्नो अधिकारको सवाल उठाएर कार्यक्रममा केही नमिठो आभास भएको थियो। संसारका विभिन्न स्थानबाट प्रतिनिधिहरु आएपनि लस एन्जेलस क्षेत्रका स्थानीयहरुको अत्यन्तै न्यून सहभागिता रहेको थियो भने अधिवेशन भइकन पनि निर्वाचनको कुनै तालिका तथा घोषणा भने उक्त कार्यक्रममा भएन्। सो कार्यक्राममा अमेरिकाका तर्फ बाट एनआरएनमा प्रल्हाद केसी तथा एसी शेर्पाले उम्मेदवारी दिने घोषणा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत