नेपाल र भारतबीच गृहसचिवस्तरीय वार्ता हुने

१७ जेष्ठ २०७०, शुक्रबार २१:३३ मा प्रकाशित

काठमाडौं, १७ जेठ । नेपाल र भारतबीच आलोपालो गरी हरेक वर्ष नियमित रुपमा हुँदै आएको गृहसचिवस्तरीय वार्ता ोली शनिबार काठमाडौंमा सुरु हुँदैछ । यसपटकको वार्तामा पनि पहिलेझैँ सीमा सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, सूचना आदानप्रदानलगायतका विषयमै छलफल हुने हुने बताइएको छ । छलफलमा सहभागी हुन भारतीय गृहसचिव आरके सिंह १८ जनाको प्रतिनीधिमण्डको नेतृत्व गर्दै शनिबार राजधानी आइपुग्ने स्रोतले जनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व गृहसचिव नवीन घिमिरेले गर्नेछन् ।
बुझिएअनुसार तीनदिवसीय वार्ताका लागि आएको भारतीय टोलीले औपचारिक छलफल भने शनिबार एक दिन मात्रै गर्नेछ । आइतबारदेखि भारतीय प्रमण्डल पोखरा घुम्न जाने र सोमबार काठमाडौं आएर स्वदेश फर्किने स्रोतको कथन छ ।
गत मार्चमै हुने भनिएको यो वार्ता अन्तिम घडीमा भारत सरकारले असमर्थता व्यक्त गरेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट