रेग्मी न्यायालय फर्कन नहुने कामू प्रधानन्यायाधीशको सुझाव

१७ जेष्ठ २०७०, शुक्रबार २१:११ मा प्रकाशित

काठमाडौं, १७ जेठ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीमाथि प्रधानन्यायाधीशको ओहदा छोड्न राजनीतिक दललगायतका विभिन्न निकायबाट दबाव परिरहेको परिवेशमा कामु प्रधानन्यायाधीश दामोदारप्रसाद शर्माले पनि रेग्मी अब प्रधानन्यायाधीशको कुर्चीमा फर्कन नमिल्ने जनाएका छन् । अरुले आफूलाई का.मू. को विशेषण दिए पनि आफू प्रधानन्यायाधशि नै भएको दाबी गर्दै शर्माले यदि खिलराज रेग्मी मन्त्रिपरिषदबाट फर्केर न्यायालयमा आए आफूले राजीनामा दिने बताए ।
बागलुङमा आयोजित नेपाल बार एसोसिएसनको ४० औं कार्यकारिणी परिषद् बैठकलाई सम्बोधन गर्दै शर्माले रेग्मीको छायाँले न्यायालयमा कुनै असर गरेको नागरिक समाज र कानून व्यवसायीलाई महसुस भएमा राजीनामा दिन तयार भएको पनि प्रष्ट्याए । उनले स्वतन्त्र न्याय दिनका लागि कुनै पनि सम्झौता गर्न नसकिने जिकिर गरे ।
बाधा अड्काउ फुकाउ अध्यादेशले आफूलाई कामु प्रधानन्यायाधीशको पद दिएकोप्रति उनले टिप्पणी गर्दै संविधानले दिएको अधिकार अनुसारै आफू प्रधानन्यायाधीश भएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै