एमाओवादीको तालाबन्दीले स्ववियु चुनाव सम्भव नभएको देउवाको धारणा

१७ जेष्ठ २०७०, शुक्रबार १७:५५ मा प्रकाशित

रासस, पोखरा, १७ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी)ले विगतमा गरेका सहमतिहरू तोड्दै गएपछि चुनावी वातावरण बन्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले चार राजनीतिक दलहरूबीच भएका सहमति र सम्झौता इमानदारका साथ पालना गर्न एनेकपा (माओवादी)सँग आग्रह गर्नुभयो ।
नयाँ संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणका लागि मङ्सिर महिनाको पहिलो हप्ताभित्र संविधानसभाको निर्वाचन गर्नैपर्ने स्थिति आएको बताउँदै उहाँले निर्वाचनसम्बन्धी ऐन कानुन बनेपछि निर्वाचनको मिति घोषणा हुने धारणा राख्नुभयो । माओवादी निकट विद्यार्थी सङ्गठनहरूले एकपछि अर्कोले क्याम्पसमा तालाबन्दी गर्दै गएपछि कसरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन्छ भन्ने प्रश्न गर्दै उहाँले संविधानसभाको निर्वाचनको लगत्तै स्थानीय निकायको पनि निर्वाचन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच