भारतीयलाई नागरिकता दिलाउन खोज्ने प्रहरी नियन्त्रणमा

१७ जेष्ठ २०७०, शुक्रबार १६:१० मा प्रकाशित

काठमाडौं, १७ जेठ । भारतीय नागरिकलाई आप्mनो छोरा बनाई नागरिकता प्रमाणपत्र बनाउनको लागि कागजपत्र पेश गर्ने पर्सा जिल्ला पटेर्वा सुगौली–१ बस्ने चन्द्र देव माझीलाई प्रहरीले पक्राउ गरेको छ । पटेर्वाकै नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा संचालित एकीकृत घुम्ती शिविरमा माझीले भारत पश्चिम चम्पारण भंगाहा थाना रामपुर बस्ने शंकर माझीलाई आप्mनो छोरा बनाई नागरिकता प्रमाणपत्र बनाउनको लागि आवश्यक कागजात पेश गरेको सुइँको पाएर प्रहरीले दुवैलाई पक्राउ गरेको बताइएको छ ।
उता पाँच बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धनुषामा दुवरकोट हथलेटवा–१ बस्ने १४ बर्षीय प्रमोद मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजले स्थानीय बालिकालाई ललाईफकाई आँपको बगैचामा लगेर जवरजस्ती करणी गरेको भनी बिहिबार पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै