‘अपराधी’ले चुनाव लड्न पाउनुपर्ने ठाकुरको भनाई

१७ जेष्ठ २०७०, शुक्रबार १३:२४ मा प्रकाशित

काठमाडौं, १७ जेठ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधानसभाको निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिले पनि उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आपराधिक कर्ममा लागेको बहानामा उम्मेदवार बन्न नपाउने गरी बन्देज लगाउन खोज्नु बृहत् शान्ति सम्झौताविपरीत हुने बताए । सत्यनिरुपण तथा मेलमिलाप आयोगले कुन मुद्दा राजनीतिक र कुन गैरराजनीतिक भनी निर्क्यौल नगरेसम्म यस्तो कुरामा बन्देज लगाउन नहुने धारणा ठाकुरले व्यक्त गरे ।
जुन अवस्थामा संविधानसभाको पहिलो निर्वाचन भएको हो त्यही अवस्थामा दोस्रो निर्वाचन पनि हुनुपर्ने उनको तर्क थियो । निर्वाचनमा थ्रेसहोल्ड उपयुक्त नरहेको पनि उनले जनाए । एउटै लक्ष्य र एउटै आवाज रहेका मधेसवादी दलहरुलाई ऐक्यबद्ध गराई सहकार्य गर्दै अगाडि बढ्नुपर्ने मधेसी जनताको अपेक्षा र अहिलेको राजनीतिक आवश्यकता रहेको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४