प्रचण्ड र वैद्यपक्षीय विद्यार्थीबीच झडप

१७ जेष्ठ २०७०, शुक्रबार १२:५५ मा प्रकाशित

कठमाडौं, १७ जेठ । स्ववियुको निर्वाचन स्थगित भएपछि विरोधका विभिन्न स्वरुपहरु देखिन थालेका छन् । यस क्रममा विद्यार्थी संगठनबीच झडप समेत सुरु भएको छ । आज बिहानै नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा एमाओवादी र वैद्य माओवादीका विद्यार्थीबीच झडप भएको छ। झडपमा हतियार प्रहार गरी नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी)का क्याम्पस इकाइ अध्यक्ष धर्मराज बढुवाल र मदन धामीलाई घाइते तुल्याइएको छ। एमाओबादी निकट अखिल क्रान्तिकारीले क्याम्पस अगाडि कोणसभा गरिरहेको समयमा झडप भएको हो ।
अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य रामबहादुर बिकले स्ववियु चुनाव आफै बिथोलेर एमाओबादी निकटको अखिल क्रान्तिकारीले सडकमा नाराबाजी गर्ने क्रममा आफूहरुमाथि आक्रमण गरेको बताए। बिकले भने ुचुनाव बिथोलेको कुरालाई ढाकछोप गर्न उसले हाम्रो संगठनमाथि आक्रमण गरेको हो।ु
झडपका क्रममा प्रयोग गरिएको ुनाइन स्टिकु प्रहरीले बरामद गरेको छ भने आक्रमणमा संलग्न भएको आरोप लागेका एमाओबादी निकट अखिल क्रान्तिकारीका रबिन केसी फरार छन्।
त्रिभुवन विश्व बिद्यालयले चुनाव स्थगित गरेपछि यहाँका बिद्यार्थी संगठनहरुबीच आरोप प्रत्यारोप झनै बढ्दै गएको छ। एमाओबादी निकट अखिल क्रान्तिकारीका सूर्य घर्तिमगरले आफूहरुको आन्दोलन कार्यक्रम बिथोल्न बैद्य माओबादीका बिद्यार्थीहरु आएपछि प्रतिबाद गरेको बताए। सचिवालय सदस्य बिकले हतियार सहित आक्रमण गर्नेलाई कारबाही गर्न क्याम्पस प्रशासनलाई दबाव दिएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले