१९ विद्यार्थीलाई २० जना शिक्षक

१७ जेष्ठ २०७०, शुक्रबार ११:३१ मा प्रकाशित

रुपन्देही, १७ जेठ । अर्घाखाँचीको पोखराथोकमा रहेको हरिहर संस्कृत विद्यापिठमा प्रविणता प्रमाणपत्र तहसम्म अध्यापन हुन्छ । प्रमाण पत्र तह प्रथम र दोश्रो श्रेणीमा अध्ययन गर्ने छात्रछात्राको संख्या यहाँ १९ छ । यी उन्नाइस छात्रछात्राको अध्यापन र विद्यापीठ व्यवस्थापनको लागि बीस जना कर्मचारी सेवारत रहेका छन्  ।
एसएलसीमा मूल विषय संस्कृत लिएर उत्तीर्ण गरेका  बिद्यार्थीहरु अध्ययन गर्न पाउने उत्तरमध्यमा अर्थात् प्रविणता प्रमाणपत्र तह जुन एसएलसीपछि ६ महिनाको ब्रिज कोर्ष पास गरेपछि पनि अध्ययन गर्न पाउने व्यवस्था छ । भौतिक पूर्वाधारले सम्पन्न वि.सं. २०५५ सालदेखि सञ्चालित हरिहर संस्कृत विद्यापीठमा विगतका ४÷५ वर्ष पहिलेसम्म पाल्पा, गुल्मी, प्यूठानलगायतका जिल्लाबाट अध्ययन गर्न आउने र स्थानीय बिद्यार्थी खचाखच भरिने कक्षा कोठा अहिले भने बिद्यार्थी र कर्मचारीको संख्या बराबर हुने अवस्थामा आइपुगेको छ ।
‘संस्कृत भाषाप्रति स्थानीयको अभिरुचि र विश्वविद्यालयको चासो नभएका कारण भाषा र विश्वविद्यालय धरासायी भएको हो’, प्राचार्य कृष्णप्रसाद ज्ञवालीले भन्नुभयो । उत्तरमध्यमा प्रथमा अर्थात् प्रविणता प्रमाणपत्र तह प्रथम वर्षको पठनपाठन सुरु गर्नुअगावै विद्यापीठले यस वर्ष पनि ब्रिज कोर्ष सञ्चालन गरेको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ