हिन्दुत्व र राजासहितको संविधान अपरिहार्य : थापा

१७ जेष्ठ २०७०, शुक्रबार ०८:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १७ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामि मंसिरमा पनि संविधानसभाको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । संधिानसभाको निर्वाचन गर्ने गरी गत साढे दुई महिना अगाडि गठन भएको चुनावी मन्त्री परिषदले आजसम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु, निर्वाचनसम्बन्धी ऐन तथा कानुन बन्न नसक्नु, चार दलको सिन्डीगेट कायम रहनु र फरक धारणा राखेर आन्दोलनमा होमिएका दललाई सहमतिमा ल्याउन नसक्नुले पनि मंसिरभित्र चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् ।
भैरहवामा भएको पत्रकार सम्मेलनमा नेपालले बोल्दै अध्यक्ष थापाले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नका लागि चारदलिय संयन्त्र तत्काल खारेज हुनु पर्ने बताए । उनले सकारमाथि चार दलको प्रभाव रहे हस्तक्षेप कायम रहँदासम्म चुनाव स्वतन्त्र हुन नसक्ने ठोकुवा गर्दै आफुलाई क श्रेणिको दल भन्न रुचाउनेले सबै दललाई मिलाएर लैजान सक्नु पर्ने बताए । आगामी संबिधानसभा निर्वाचनमा राप्रपा नेपालले सनातन हिन्दु धर्म, राजतन्त्रसहितको प्रजातन्त्र, आर्थिक उदारवाद, स्थानिय स्वायत्त साशन र समृद्ध मुलकको एजेण्डालाई चुनावी एजेण्डा बनाएर चुनावमा जाने थापाको भनाई छ ।
उनले यी एजेण्डाको पक्षमा राजा र जनतासँग सहयोग र सद्भावको खोज्ने बताए । अध्यक्ष थापाले सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन नपाइने उल्लेख गर्दै चारदलको सर्वसत्तावादी सोचलाई तत्कालै त्याग्न समेत आग्रह गरे । मुलुकका चार शत्तिप्रति जनताको व्यापक बितृष्णा जागेको दाबी गर्दै थापाले आगामि निर्वाचन पछि राप्रपा नेपाल शक्तिको रुपमा उदय हुने दावि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।