संविधान नबने अविश्वास प्रस्ताव ल्याउछौः कांग्रेस सभापति कोइराला

२४ चैत्र २०६८, शुक्रबार १८:४३ मा प्रकाशित

सिन्धुली, २४ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणको काम आगामी जेठ १४ भित्र सम्पन्न हुने सम्भावना नदेखिए माओवादी नेतृत्वको सरकारलाई हटाउने चेतावनी दिनुभएको छ ।
सिन्धुलीगढीमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले संविधान बन्ने सम्भावना देखिए अविश्वासको प्रस्ताव ल्याएर सरकार हटाउने बताउनुभयो ।
उहाँले सहमतिवाट पछि हटेर एमाओवादीले जनतालाई धोका दिए उनीहरु आफै समाप्त भएर जाने उल्लेख गर्नुभयो ।
एमाओवादीले बिभिन्न खाले बखेडाहरु झिकेर शान्ति प्रक्रिया र संविधान निर्माणको काममा चासो नदेखाएको आरोप लगाउदै सभापति कोइरालाले लोकतान्त्रिक संविधान जारी गराउने कार्यमा कांग्रेसले जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो ।
उहाँले पत्रकार यादव पौडेलका हत्यामा सग्लनलाई कडा कारवाही गरी प्रेस स्वतन्त्रताको अवस्था कायम गर्न माग गर्नुभएको छ । स्वतन्त्र प्रेसमाथिको आक्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोप कोइरालाको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका